राष्ट्रिय सभामा मानव सेवा आश्रमको ‘आमा सेमिनार’ 

मानव सेवा आश्रमले राष्ट्रिय सभा गृहमा ‘आमा सेमिनार’ गरेको छ। 

काठमाडौं महानगरपालिकाको आयोजनामा आश्रमले बिहिबार आमा सेमिनार गरेको हो। 

संसार देखाउने बाआमालाई प्रेम र सम्मान गर्नुपर्ने जनचेतना फैलाउनका लाग सेमिनार गरिएको आश्रमका संस्थापक रामजी अधिकारीले बताए। उनका अनुसार बाआमा भनेका ‘जिउँदा देवता’ हुन्। 

‘ईश्वरलाई पाउने पहिलो भर्याङ आमाबुबा हुन्। आफूलाई जन्मदिने बुबाआमालाई सम्मान गर्नुपर्छ’, उनले भने।

करिब एक दशकदेखि सडक मानवहरूको उद्धार गरिरहेको छ मानव सेवा आश्रम। तर भविष्यमा त्यस्ता आश्रमहरू बन्द हुनुपर्ने उनको भनाइ छ।

‘खाना, नाना र छानाबाट वञ्चित भएका सडक मानवहरूको मानव आश्रमले उद्धार गरिरहेको छ तर भविष्यमा आश्रमहरू बन्द हुनुपर्छ। जन्मदिने बाआमालाई प्रेम र सम्मान दिनुपर्छ’, उनी भन्छन्, ‘त्यही कुराको जनचेतना फैलाउनका लागि आश्रमले आमा सेमिनार गरिरहेको छ।’

मानव सेवा आश्रमको स्थापना कालदेखि नै आमा सेमिनार सञ्चालन भइरहेको छ। स्वदेशमा मात्र नभई विदेशमा पनि सेमिनार हुने गरेको रामजीले बताए। 

‘नेपालभर मात्र होइन आश्रमले सञ्चालन गरेको सेमिनार कतार र बेलायतमा भइसकेको छ। अब छिट्टै अष्टेलियामा पनि हुँदैछ’, बिएल नेपाली सेवासँग उनले भने, ‘आमाबुबालाई सडकमा होइन माया गरेर घरमा राख्नुपर्छ। सम्मान दिनुपर्छ।’

जन्मदिने बाआमालाई प्रेम, सम्मान र स्याहार नगरेर कालीगढले बनाएको मुक्ति, गुम्बा र चर्ज धाएर धर्म नहुने उनको बुझाइ छ। 

‘खोज्यो स्वर्ग, गर्यो पाप, जाँदैन कर्मको गति–रिठ्ठाको रुख रोपेर कहाँ फल्छ र कागती?’, हजार माइलको यात्रा तय गर्नका लागि एक पाइला चाल्नुपर्ने बताउँदै उनले भने, ‘धेरै सन्तानहरू पहिलो पाइलामा नै चिप्लिएको छ।’ 

भगवान सम्मानका बुबाआमालाई सम्मान र प्रेम दिलाउनका लागि मानव सेवा आश्रम जनचेतना कार्यक्रम फैलाउँदै सडक मानवहरूको सेवामा दिनरात खटिरहेको छ। 


सडक मानवको सहारा बनिरहेको मानव सेवा आश्रम (भिडियोसहित)

‘मेची महाकाली राष्ट्रिय उद्धार यात्रा २०८०’ समापन

प्रकाशित मिति: : 2024-02-08 18:51:00

प्रतिकृया दिनुहोस्