क्यानडाका पूर्व प्रधानमन्त्री ब्रायन मुलरोनीको निधन

क्यानडाका पूर्व प्रधानमन्त्री ब्रायन मुलरोनीको ८४ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतलाई उद्धृत गरी क्यानडास्थित सिटिभी न्यूजले जनाएको छ। प्रभावशाली तर विवादास्पद व्यक्तित्वका लागि परिचित पूर्व टोरी नेताले क्यानाडामा आफ्नो अमर परिचय स्थापना गरेका छन्।

क्युबेकको बाइ–कोमोमा मजदुर वर्गको परिवारमा जन्मेका मुलरोनीले राजनीति विज्ञानका विद्यार्थीका रूपमा आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए। कन्जरभेटिभ राजनीतिमा उनको प्रारम्भिक संलग्नतामा प्रधानमन्त्री जोन डिफेन बेकरको सल्लाहकारको रूपमा उनको सेवा सुरु भएको थियो।

सन् १९७६ मा सङघीय प्रगतिशील कन्जर्भेटिभ नेता बन्ने आफ्नो प्रारम्भिक प्रयासमा पराजयको सामना गर्नुपरेको थियो। प्ररम्भिकि यात्रामा जो क्लार्कसँग हारेका मुलरोनीले हारबाट पाठ सिक्दै राजनीतिमा नै रहने दृढता व्यक्त गरेको सिटिभीले जनाएको छ।

सन् १९८४ को संघीय अभियानको विजयले क्यानाडाको १८ औँ प्रधानमन्त्रीको रूपमा मुलरोनीको स्थान सुरक्षित बनाएको थियो। मुलरोनीको नौ वर्षको प्रधानमन्त्री कार्यकाल शक्ति र विभाजन दुवैको विशेषता थियो। उनले मिच लेक र शार्लटटाउन एकोर्डजस्ता पहलहरूमार्फत क्युबेकलाई संवैधानिक तहमा ल्याउन महत्वपूर्ण प्रयासहरू गरे। यद्यपि दुवै प्रयास असफल भएका थिए।

विश्वव्यापी मञ्चमा, मुलरोनीले रङ्गभेदको सक्रिय रूपमा विरोध गर्दै क्यानाडाको अन्तर्राष्ट्रिय प्रभाव बढाएका थिए। उनले रङ्गभेदविरोधी अभियान अन्तर्गत दक्षिण अफ्रिकामाथि प्रतिबन्ध लगाएका थिए।

मुलरोनीको विरासतलाई प्रतिबिम्बित गर्दै, पूर्व कूटनीतिज्ञ र मुलरोनीका चिफ अफ स्टाफ डेरेक बर्नीले मुलरोनीले अपनाएका केही कडा निर्णयहरूबारे पुनरावलोकन गरेका थिए। 

प्रकाशित मिति: : 2024-03-01 20:23:00

प्रतिकृया दिनुहोस्