बिएल संवाददाता
फ्रान्सको पेरिसमा हुने ३३औं गृष्मकालीन ओलम्पिकमा सहभागी हुने नेपाली टिमको पोसाकका लागि नेपाल ओलम्पिक कमिटी (एनओसी)ले आइतबार कोमोरेबीसँग सम्झौतामा हस्ताक्षर गरेको छ।
एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठ र कोमोरेबीका सिइओ ड्यानिएल भालेटिनले सम्झौतामा हस्ताक्षर गरे।
कोमोरेबी फ्रान्सेली टेक्सटाइल कम्पनी हो। सम्झौता अनुसार पेरिस ओलम्पिक्समा सहभागी हुने नेपाली टिमका सदस्यलाई कोमोरेबीले पोसाक उपलब्ध गराउने छ।
सम्झौता चार वर्षको रहेको छ। जसअनुसार कोमोरेबी नेपाली ओलम्पिक टिमको आधिकारिक पोसाक साझेदार हुनेछ। सम्झौता अनुसार कोमोरेबीले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र ओलम्पिक काउन्सिल अफ एसियाअन्तर्गत हुने प्रतियोगितामा पनि नेपाली टिमलाई पोसाक उपलब्ध गराउने छ।
यसमा गृष्मकालीन र शीतकालीन ओलम्पिक्स, गृष्मकाली र शीतकालीन एसियाली खेलकुद, गृष्मकाली र शीतकालीन युथ ओलम्पिक्स, एसियन बिच गेम्स र दक्षिण एसियाली खेलकुद रहेका छन्।
एनओसीको अनुरोधमा कोमोरेबीले उपलब्ध गराउने पोसाकमा अन्य संस्थानको लोगो पनि राख्न सकिनेछ। कोमोरेबीले उपलब्ध गराउने सबै पोसाकमा एनओसीको स्विकृति चाहिनेछ।
एनओसीको मुख्यालय सातदोबाटोमा भएको हस्ताक्षर कार्यक्रमा कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले यो अनुबन्धले नेपाली खेलकुदमा नयाँ आयाम थपेको बताए।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया