दुर्गा प्रसाईंलाई हतियार राख्न दिएकाे अनुमतिबारे छानबिन गर्न समिति गठन

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हतियार राख्न दिएकाे अनुमतिबारे छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेकाे छ।

गृह मन्त्रालयका सहसचिव राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको हो।

समितिमा सहसचिव पाण्डेसहित गृह मन्त्रालयको कानुन शाखाका उपसचिव ऋषि पौडेल, प्रहरीका एसपी सन्तोष भट्टराई र गृह मन्त्रालयका उपसचिव एकदेव अधिकारी सदस्य सचिव रहेका छन्।

यही चैत ५ गते  दुर्गा प्रसाईंका दुईजना सुरक्षागार्ड सर्वोच्च अदालत परिसरबाट अत्याधुनिक हतियारसहित पक्राउ परेका थिए। त्यसबारे छानबिन गर्न सर्वोच्चले आदेश दिएकाे थियाे।

प्रकाशित मिति: : 2024-03-29 11:21:00

प्रतिकृया दिनुहोस्