एमालेले विमला घिमिरेलाई राष्ट्रियसभा उपाध्यक्षकाे उम्मेदवार बनाउने

नेकपा एमालेले राष्ट्रियसभा उपाध्यक्षकाे उम्मेदवार टुंगाे लगाएकाे छ।

एमालेले विमला घिमिरेलाई राष्ट्रियसभा उपाध्यक्षकाे उम्मेदवार बनाउने निर्णय गरेकाे हाे।

सत्ता गठबन्धनमा उपाध्यक्ष आफ्नाे पार्टीले पाउने सहमति भएकाे र साेहीअनुसार घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेकाे राष्ट्रियसभाकाे एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले जानकारी दिए।

तर, उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीले पनि दाबी गरेकाे छ। 

प्रकाशित मिति: : 2024-04-04 14:46:00

प्रतिकृया दिनुहोस्