
बिएल संवाददाता
दक्षिण कोरियाको प्रमुख विपक्षी दल डेमोक्रेटिक पार्टी (डीपी) ले राष्ट्रियसभा चुनावमा बहुमत प्राप्त गरेको छ। डीपीले सत्तारुढ पिपुल पावर पार्टी (पिपिपी) लाई पछि पार्दै विजय हासिल गरेको हो। यस चुनावी नतिजाले पिपिपीका तर्फबाट राष्ट्रपति भएका युन सुक योललाई पनि समस्यामा पारेको छ।
निर्वाचनमा प्रत्यक्ष तर्फका दुई सय ५४ सिटमध्ये डिपीले एक सय ६१ सिटमा जित हासिल गरेको छ भने भने सत्तारुढ पिपिपीले ९० सिट मात्र जित्न सफल भएको छ। समानुपातिक समेतका सिटहरू समावेस गर्दा विपक्षी डिपीले राष्ट्रियसभामा एक सय ७५ सिट जितेको छ। यसैगरि पिपिपी लगायतका गठबन्धन पार्टीले एक सय आठ सिट प्राप्त गरेको छ।
योन्हाप समाचार एजेन्सीका अनुसार भ्रष्टाचार आरोपमा मुछिएका पूर्व न्यायमन्त्री चो कुक नेतृत्वको रिबिल्डिङ कोरिया पार्टीले १२ समानुपातिक सिट र पिपिपीका पूर्व नेता ली जुन–सिओकको नेतृत्वमा रहेको न्यू रिफर्म पार्टीले दुई स्थान जित्न सफल भएको छ।
चार वर्षअघि भएको चुनावमा सहयोगी दल समेतको सहयोगमा डीपीले एकसय ८० सिट जितेको थियो भने पिपिपीले एकसय तीन सिट जितेको थियो।
चुनावका लागि योग्य चार करोड ८२ लाख कुल मतदातामध्ये ६७ प्रतिशतले मतदान गरेको स्रोतले जनाएको छ। दक्षिण कोरियाली निर्वाचन आयोगका अनुसार विगत ३२ वर्षयताकै यो सबैभन्दा बढी मतदान हो।
चुनावी नतिजा पछि पिपिपीका नेता हान डोङ–हूनले जनताको इच्छालाई गम्भीरतापूर्वक स्वीकार गर्दै पदबाट राजीनामा दिएका छन्।
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया