मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एकको अवस्था गम्भीर

फाइल तस्बिर
फाइल तस्बिर

प्युठानको माण्डवी गाउँपालिका– १ मुर्कुटीस्थित छबिसे भन्ने ठाउँमा माेटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। 

दाङको घोराहीबाट प्युठानतर्फ आउँदै गरेको रा ५ प १५२८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा घोराही उपमहानगरपालिका–११ का २७ वर्षीय बिमल डाँगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायव उपरीक्षक ईश्वर थापाले जानकारी दिए।

दुर्घटनामा घोराही उपमहानगरपालिका–८ ढिकपुका ४८ बर्षीय कैलाश डिसी गम्भीर घाइते भएका छन्। उनलाई जिल्ला अस्पताल बिजुवारमा सामान्य उपचार पछि नेपालगन्ज रेफर गरिएको छ।

दुर्घटनापछि दुवै जनाकाे उपचारका लागि बिजुरवार अस्पताल ल्याइएको थियो। बिमललाई बिजुवार अस्पतालले मृत घोषणा गरेको हो। 

माेटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। 

प्रकाशित मिति: : 2024-04-20 15:43:00

प्रतिकृया दिनुहोस्