ऐश्वर्या–अभिषेकको ‘डिर्भोस’को चर्चा चलेपछि...

तस्बिर इन्ट्राग्रामबाट
तस्बिर इन्ट्राग्रामबाट

बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन आफ्नो कामका साथै व्यक्तिगत जीवनका कारण पनि चर्चामा रहन्छिन्। ऐश्वर्या र अभिषेक फ्यानको मनपर्ने जोडी मध्ये एक हुन्।

फ्यानहरू दुबैलाई सँगै हेर्न रुचाउँछन्। तर, विगतमा उनीहरूको विवाहलाई लिएर विभिन्न किसिमका समाचार पनि बाहिर आएका थिए। तर उनीहरूले त्याे हल्लालाई अफवाह बनाएका छन्।

ऐश्वर्या र अभिषेकले विवाहको १७ वर्ष पूरा गरिसकेका छन्। दुबैले २० अप्रिल २००७ मा विवाह गरेका थिए।

विवाहको वार्षिकोत्सवको अवसरमा ऐश्वर्या र अभिषेकले आ–आफ्नो इन्स्टाग्राम अकाउन्टमा एउटै तस्विर सेयर गरेका छन्।

ऐश्वर्या र अभिषेक बाहेक यो तस्विरमा सबैलाई लाइमलाइटमा तानेकी आराध्या बच्चन हुन्। आराध्याको आमाबुवासँगको यो तस्विर निकै प्यारो छ। उक्त तस्बिरलाई फ्यानहरूले निकै रूचाइरहेका छन्।

उक्त तस्बिर सेयर गर्दा ऐश्वर्या र अभिषेकले क्याप्सनमा एउटा मात्रै रेड हार्ट इमोजी बनाएका छन्। उनीहरूकाे त्याे पाेस्टले सबै जनाकाे अफवाहलाई बन्द गराइदिएका छन्।

ऐश्वर्या प्रायः आफ्नो परिवारसँगको तस्विर सामाजिक सञ्जालमा सेयर गरिरहेकी हुन्छिन् 
विशेषगरी छोरी आराध्यासँग।

बलिउड स्टारदेखि फ्यानसम्म सबैले उनीहरूकाे तस्बिर मनपराइरहेका छन् भने धेरै प्रयोगकर्ताहरूले आराध्याको सुन्दरताको तारिफ गरिरहेका छन्।
 

प्रकाशित मिति: : 2024-04-21 18:52:00

प्रतिकृया दिनुहोस्