ओडिसाको चुनावी मैदानमा ‘शाही परिवार’को बर्चस्व

चुनावी मैदानमा शाही परिवारको बर्चस्वले भारतीय राज्य ओडिसाको चुनावी माहोल रोचक बन्दैछ। लोकसभा र विधानसभा निर्वाचन ‘पूर्वसामन्ती शासक र राजा–रजौटा’हरूका लागि स्वर्गझैँ भइरहेको बताइन्छ। 

अध्ययनपछि अमेरिकाबाट फर्किएका केही युवाहरूले केन्द्रीय राजनीतिमा शासन गरिरहेको भारतीय जनता पार्टी (भाजपा) लाई खुलेर समर्थन गरिरहेका छन्। यसपटक राजपरिवारका दर्जनौं उम्मेदवार चुनावी मैदानमा छन्। यी अनुहारहरू हेर्दा भारतमा शासन गर्ने १४औँ वा १५औँ शताब्दीका शासकका सन्तानहरूले ‘भारतीय लोकतन्त्र’को नेतृत्व सम्हालिरहेको अनुभव गरेका छन्।

मिडिया स्राेतका अनुसार ओडीसमा मात्रै यसपटक शाही परिवारका करिब १२ जना शक्तिशाली उम्मेदवार चुनावी मैदानमा छन्। उनीहरूका लागि निर्वाचनमा भाग लिनु मात्रै पनि आफ्नो विरासतलाई निरन्तरता दिनुको अर्थ लागेको छ। पतनगढको राजपरिवारका सदस्य केभी सिंह देव स्थानीय विधानसभा निर्वाचनमा बालांगीर जिल्लाबाट उम्मेदवार छन्।

‘जनताको सेवा गर्दा मलाई कसैले पनि राजपरिवारको सदस्य भनेन,’ उनी भन्छन्, ‘यो मेरो लागि सम्मानको कुरा हो।’ त्यसो त उनकी श्रीमती संगीता कुमारी सिंह देव अहिले बालानगीरकी सांसद छन्। उनी यसपटक पनि भाजपाबाट लोकसभा उम्मेदवार हुन्।

संगीताले भनिन्, ‘जनताले मप्रति माया र विश्वास देखाएका छन्।’ बालांगीर राजपरिवारका अर्का सदस्य कालिकेश नारायण सिंह देव बीजू जनता दल (बीजेडी) बाट बलांगीर सदर विधानसभा क्षेत्रबाट चुनावी प्रतिस्पर्धा गरिरहेका छन्। 

मुलुककै गरिब र पिछडिएको क्षेत्रको रुपमा चिनिएको कालाहाडीबाट भाजपाले राजपरिवारकै सदस्यलाई नै टिकट दिएको छ। भाजपाले पूर्वसांसद अर्क केशरीकी पत्नी मालविका देवीलाई उम्मेदवार बनाएको छ। यसअघि अर्क केशरी बीजेडीमा थिए। तर सन् २०२३ मा बीजेडी त्याग्दै उनी भाजपामा सामेल भएका हुन्। 

भारतीय जनता पार्टीले संबलपुरबाट निर्वाचित सांसद नितिश गंगा देवकी पत्नी अरुन्धती देवीलाई देवगढ विधानसभाबाट उम्मेदवार बनाएको छ। उनलाई वामन्दाकी रानीसमेत भनिन्छ। 

‘शाही परिवारकी छोरी–बुहारी भएपनि म सँधै यहाँका मानिससँग जोडिएकी छु,’ रानीले भनिन्। अर्की शाही नातेदार प्रत्युषा राजेश्वरी सिंहलाई भाजपाले यस पटक नयाँगढबाट विधानसभाको टिकट दिएको छ। उनी यसअघि बीजेडी थिइन्। र, सांसद पनि भइन्। 

त्यसैगरी धरकोट राजपरिवारकी सुलाख्याना गीताञ्जली देवी बीजेडीको टिकटमा सनाखेमुण्डीबाट चुनाव लड्दै छन्। उनले भनिन्, ‘हामी पनि अरुजस्तै सामान्य हौं।’ 

गञ्जम जिल्लाको टिकिटी भेगकी सदस्य तथा मन्त्री उषा देवीले चुनाव लड्न अस्वीकार गरेपछि छोरा चिन्मयानन्द श्रीरुप देव बीजेडीले चुनावी मैदानमा उतारेको छ। बीजेडीबाट चुनाव लड्ने अन्य शाही परिवारका सदस्यहरूमा कालाहाडीको धरमगढ सिटबाट पूर्वमन्त्री पुष्पेन्द्र सिंह देव उम्मेदवार छन्। 

औल शाही परिवारका सदस्य तथा मन्त्री प्रताप देव केन्द्रपाराबाट चुनावमा भाग लिँदै छन्। अंगुल शाही परिवारसँग जोडिएका राजा निकान्त सिंहकी पत्नी संजुक्ता सिंह अंगुल क्षेत्रबाट चुनाव लड्दैछिन्। 

जबकि धेनकलान राजपरिवारकी सदस्य सुस्मिता सिंह देवलाई स्थानीय विधानसभा उम्मेदवार बनाइएको छ। सुस्मिता पूर्वकेन्द्रीय मन्त्री केपी सिंह देवकी आफन्त हुन्।

प्रकाशित मिति: : 2024-04-23 06:10:00

प्रतिकृया दिनुहोस्