बिएल संवाददाता
अमेरिकाको मेरिल्याण्ड राज्यमा आज सम्पन्न प्राइमरी चुनावमा नेपाली उम्मेद्वार डा. ह्यारी भण्डारी पछाडि परेका छन्। उनी मेरिल्याण्डको कंग्रेसनल डिस्ट्रिक्ट २ बाट संघीय संसद सदस्यका लागि डेमोक्रेटिक उम्मेद्वारीका लागि चुनावी प्रतिस्पर्धामा थिए।
प्राप्त पछिल्लो मतगणनाअनुसार उनी प्रतिस्पर्धी जोन युभन्दा पछाडि परेका छन्। उनले जोन युलाई पछ्याइरहे पनि मतान्तर धेरै भएकाले अमेरिकी मिडियाहरूले जोन यु लाई सम्भावित विजेता घोषणा गरेका छन्। यो घोषणासँगै डा. भण्डारीको क्यापिटल हिल यात्रा यसपटकका लागि अवरूद्ध भएको छ।
डा. भण्डारीले मेरिल्याण्ड संसदमा प्रतिनिधित्व गरिरहेको क्षेत्रसमेत रहेको मेरिल्याण्डको कंग्रेसनल डिस्ट्रिक्ट २ दुई दशकपछि ओपन सिट भएको थियो। उनले डेमोक्रेटिक प्राइमरीमा उम्मेद्वारी दिएर अमेरिकामा नेपालीको क्यापिटल हिल यात्राको सम्भावनाको ढोका घच्घचाएका थिए। तर, उनको यो पहिलो प्रयास सफल हुन सकेन।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया