बिएल संवाददाता
जिल्ला अदालत काठमाडौँले बूढानीलकण्ठ नगरपालिकाका मेयर मीठाराम अधिकारीसहित तीन जना वडाध्यक्षलाई १ महिना कैद सजाय सुनाएको छ।
न्यायाधीश राजेन्द्रकुमार आचार्यको एकल इजलासले आइतबार उनीहरूलाई एक महिना कैद सजाय सुनाएको हो।
अदालतको अवहेलनामा मेयर अधिकारीसँगै वडा नम्बर १० का वडाध्यक्ष नवराज भट्टराई, वडा नम्बर ८ का वडाध्यक्ष सुमन तामाङ र वडा नम्बर १० का वडासदस्य चन्द्रमान श्रेष्ठलाई कैद सजाय सुनाइएको हो।
उनीहरूमाथि विवादित जग्गामा नगरपालिकाको संरचना बनाएको र अदालतले हटाउनू भन्ने आदेश दिँदा पनि नमानी अदालतको मानहानी गरेको आराेप छ।
‘पालिकाले निवेदकको सम्पत्तिसम्बन्धी हक अधिकारलाई अतिक्रमण गरेको देखिन आएको छ। यसो गर्ने अधिकार राज्यको हुँदैन।प्रतिवादीले अदालतको फैसलाको सम्मान नगरी अदालतको फैसलाको नै अवज्ञा गरेको समेत देखिन आएको छ’, अदालतको फैसलामा भनिएको छ।
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया