पोखरामा सहकारी पीडितहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कालो झण्डा देखाएका छन्।
बुधबार बिहान कार्यकर्ता भेलालाई सम्बोधन गर्न पोखराको सभागृहमा पुगेका प्रधानमन्त्री प्रचण्डलाई सूर्यदर्शन सहकारीका पीडितहरुले कालो झण्डा देखाएका हुन्।
सभागृह अगाडि भेला भएका उनीहरूले ब्यानरसहित कालो झण्डा देखाउँदै नारा लगाएका थिए।
कालो झण्डा देखाउनेहरूलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ। पीडित र प्रहरीबीच केहीबेर घम्साघम्सीसमेत भएको थियो। साेही क्रममा केही व्यक्ति घाइते भएका छन्।
आफ्नाे बचत रकम फिर्ता गर्न माग गर्दै पीडितहरुले केही दिनदेखि पोखरामा प्रदर्शन गर्दै आइरहेका छन्।