कमल विक
गायक, संगीतकार, गीतकार तथा एरेञ्जर हुन्, बिबि अनुरागी। दर्जनाैँ गीतमा स्वर भरेका, सयाैँ गीत लेखेका तथा संगीत गरेका अनुरागीले हजराैँ गीतकाे म्युजिक एरेञ्ज गरेका छन्।
वि.सं. २०३२ फागुन ७ गते बागलुङमा जन्मिएका अनुरागीले गाउँमै माध्यमिक तहसम्मकाे अध्ययन र पाेखरामा उच्च शिक्षा हासिल गरेका थिए। बाजे र बुबासँग आरनमा काम गरेका अनुरागीले उच्च शिक्षा अध्ययनकाे क्रममा पाेखराबाट औपचारिक संगीतिक यात्रा सुरु गरेका थिए।
उनकाे वि.सं. २०५१ मा पाेखरास्थित रेडियाे नेपालकाे क्षेत्रीय कार्यालयमार्फत ‘आमा’सम्बन्धी पहिलाे गीत रेकर्ड भएकाे थियाे। पाेखरामा विभिन्न कार्यक्रम, दाेहाेरी साँझ, क्लबहुँदै सांगीतिक यात्रा अगाडि बढाएका उनले २०५९देखि काठमाडाैँबाट सांगीतिक जीवनलाई निरन्तरता दिइरहेका छन्।
उनले अहिले बबरमहलस्थित आफ्नाे प्रिजमा रेकर्डिङ स्टुडियाेमार्फत् गीत-गीत संगीतकाे काम गरिरहेका छन्।
बागलुङमा आरने, पाेखरामा मास्टरी (शिक्षक) र काठमाडाैँ (पाेरामा पनि) संगीतिक जीवन व्यतितपछि अनेकाैँ सफलता हासिल गरेका अनुरागीसँग बिएलकर्मी कमल विकले कुराकानी गरेका छन्।
कुराकानीमा अनुरागीले बागलुङमा बिताएकाे आरने जीवन र भाेगेकाे जातीय विभेदका अनुभूति, पाेखरामा गरेकाे संघर्ष र काठमाडाैँ प्राप्त गरेकाे सफलताबारे प्रस्ट्याएका छन्।
प्रस्तुत छ, अनुरागीसँग गरिएकाे भिडियाे कुराकानी:
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया