‘एशिया राेड रेस’मा नेपालगञ्ज म्याराथनका टिएस ठकुरी

थाइल्यान्डको हातएईमा हुने एसिया रोड रेस फोरममा भाग लिन नेपालगञ्ज म्याराथनका संस्थापक टीएस ठकुरी मंगलबार बैंकक प्रस्थान गरेका छन्।

याे एसिया रोड रेस फोरममा एसियाली राष्ट्रका प्रतिष्ठित म्याराथन आयोजकहरुको भेला हाे। उक्त भेलाले एसियामा म्याराथन तथा रोड रेसको विकास र प्रवर्द्धनका विषयमा बृहत् छलफल हुने रेस नेपालका अध्यक्षसमेत रहेका ठकुरीले बताए।

हातएई हाफ म्याराथन र एक्स्पोमा समेत उनको सहभागिता रहने छ। हातएई हाफ म्याराथन आयोजकले थाइल्यान्डमा वर्ल्ड एथलेटिक्सका लेवल प्राप्त म्याराथन, हाफ म्याराथन र दस किलोमिटर अवलोकन गर्ने कार्यक्रमसमेत रहेको छ।

साथै हातएई हाफ म्याराथन आयोजकसँग नेपाली खेलाडीको सहभागिता सम्बन्धमा अलग्गै परामर्श बैठकसमेत रहेको ठकुरीले जानकारी दिए।

थाइल्यान्डको तीन दिने कार्यक्रम सकेर कर्णाली हाफ म्याराथनका संस्थापक निर्देशकसमेत रहेका ठकुरी मलेसियाको राजधानी क्वालालम्पुरमा हुने दुई दिने मिलाप पार्टनर कन्फ्रेन्समा भाग लिनेछन्। रोड रेसमा प्रविधिको प्रयोगका सम्बन्धमा छलफल हुने ठकुरीले बताए।

साथै नेपालबाट पहिलोपटक एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)को वर्ल्ड कंग्रेस (ओसाका, जापान)मा दुई बर्ष अघिल्लो सहभागिता जनाएका थिए। नेपालगञ्ज म्याराथन नेपालमा एम्सको पहिलो पुर्णकालीन सदस्य हो।

प्रकाशित मिति: : 2024-06-12 12:00:00

प्रतिकृया दिनुहोस्