बिएल संवाददाता
सशस्त्र प्रहरीले सप्तरीबाट १ सय ७ कार्टुन मदिरा बरामद गरेको छ।
राजगढ गाउँपालिका-२ कमलपुरस्थित दशगजा ईलाकाबाट साेमबार बिहान प्रहरीले १ सय ७ कार्टुन मदिरासहित २ जनालाई पक्राउ गरेकाे हाे।
सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म पातोबाट सशस्त्र प्रहरी नायब निरीक्षक अमृत कुमार श्रेष्ठको कमाण्डमा खटिएको मोबाइल गस्तीले नेपालबाट अवैध रुपमा भारततर्फ लैजाँदै गरेको मामाश्री ब्राण्डको मदिरा बरामद गरेकाे डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
नियन्त्रणमा लिइएकाहरुमा राजगढ-२ कमलपुर बस्ने २६ वर्षीय नारायण यादव र सोही गाउँपालिका-३ झुटकी बस्ने २४ वर्षीय रोहित मुखिया रहेका छन्।
उनीहरुलाई बरामद मदिरासहित थप कारबाहीको लागि राजविराज भन्सार कार्यालय तिलाठीमा बुझाइएको डिएसपी थापाले बताए।
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया