बिएल संवाददाता
सशस्त्र प्रहरीले सप्तरीबाट १ सय ७ कार्टुन मदिरा बरामद गरेको छ।
राजगढ गाउँपालिका-२ कमलपुरस्थित दशगजा ईलाकाबाट साेमबार बिहान प्रहरीले १ सय ७ कार्टुन मदिरासहित २ जनालाई पक्राउ गरेकाे हाे।
सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म पातोबाट सशस्त्र प्रहरी नायब निरीक्षक अमृत कुमार श्रेष्ठको कमाण्डमा खटिएको मोबाइल गस्तीले नेपालबाट अवैध रुपमा भारततर्फ लैजाँदै गरेको मामाश्री ब्राण्डको मदिरा बरामद गरेकाे डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
नियन्त्रणमा लिइएकाहरुमा राजगढ-२ कमलपुर बस्ने २६ वर्षीय नारायण यादव र सोही गाउँपालिका-३ झुटकी बस्ने २४ वर्षीय रोहित मुखिया रहेका छन्।
उनीहरुलाई बरामद मदिरासहित थप कारबाहीको लागि राजविराज भन्सार कार्यालय तिलाठीमा बुझाइएको डिएसपी थापाले बताए।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया