बिएल संवाददाता
भारत १० वर्षपछि आइसिसी टी- २० विश्वकपकाे फाइनलमा पुगेकाे छ। बिहीबार राति साविक विजेता इङ्ल्याण्डलाई ६८ रनले पराजित गर्दै फाइनलमा पुगेकाे हाे।
भारतले दिएकाे १७२ रनकाे लक्ष्य पाएकाे इङ्ल्याण्ड १६.४ ओभरमा १०३ रन बनाउँदै अलआउट भयाे।
त्यसक्रममा इङ्ल्याण्डका कप्तान जस बटलरले २३, ह्यारी ब्रुकले २५, जाेफ्रा अरचरले २१, लियाम लिभिङस्टोनले ११ रन बनाएका थिए। अन्य खेलाडीले दाेहाेराे अंक जाेड्न सकेनन्।
भारतका अक्षर पटेल र कुलदीप यादवले समान ३/३ तथा जसप्रित बमराहले २ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेकाे भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७१ रन बनाएकाे थियाे।
उक्त याेगफल तयार पार्न कप्तान राेहित शर्माले ५७, सूर्यकुमार यादवले ४७, हार्दिक पाण्ड्याले २३ रन प्रहार गरेका थिए।
विराट काेहलीकाे ब्याटिङ याे खेलमा पनि चलेन उनी मात्रै ९ रन बनाएर आउट भए।
अब भारतले उपाधिका लागि शनिबार साँझ दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ। दक्षिण अफ्रिका अफगानस्तानलाई पराजित गर्दै यसअघि नै फाइनलमा पुगिसकेकाे थियाे।
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया