बिहिबार, १० जुलाई २०२५

रामेछापमा बस दुर्घटना, १० जना घाइते

Break n Links
• • •

रामेछापमा बस दुर्घटना हुँदा १० जना घाइते भएका छन्।

लिखु तामाकोशी गाउँपालिका-६ स्थित गैरी भन्ने स्थानबाट काठमाडौंतर्फ आउँदै गरेको बा ५ छ ५६२५ नम्बरको यात्रु बाहक बस शुक्रबार बिहान खिम्तिस्थित केउरिनी बिर्ताडाँडामा दुर्घटना भएको हाे।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार बसमा २५ जना सवार रहेकाे र १० जना घाइते भएका हुन्। घाइतेहरूको उद्दार गरी उपचारको लागि विभिन्न स्वास्थ्य केन्द्रहरूमा पठाइएको प्रहरीले जनाएकाे छ।

बस सडकबाट झण्डै ३० मिटर तल खसेको बताइएकाे छ। 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?