बिहिबार, १० जुलाई २०२५

गुल्मीमा पहिराेमा पुरिएर एकै परिवारका पाँच जनाकाे मृत्यु (अपडेट)

फाइल तस्विर
• • •

गुल्मीमा पहिराेमा पुरिएर मृत्यु हुनेकाे संख्या पाँच पुगेकाे छ।

मालिका गाउँपालिका- ६ कँडेल पाटामा भेषबहादुर विकको घर पहिरोले पुरिँदा परिवारका पाँच जनाको मृत्यु भएको हाे।

जिल्ला प्रहरी कार्यालयकाअनुसार पहिरोमा पुरिएर मृत्यु हुनेमा भेषबहादुर बिक, बुहारी सीता बिक, नातिनी सपना बिक र बिना बिक रहेका छन्।

त्यस्तै पहिराेमा बेपत्ता भेषबहादुरकी श्रीमतीकाे पनि शव फेला परेकाे छ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?