१७ वर्षपछि भारतले जित्याे टी- २० विश्वकपकाे उपाधि

Break n Links
Break n Links

भारतले १७ वर्षपछि आइसिसी टी- २० विश्वकपकाे उपाधि जितेकाे छ।

शनिबार राति फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले टी- २० विश्वकप- २०२४काे उपाधि जितेकाे हाे।

१७७ रनकाे लक्ष्य पछ्याएकाे दक्षिण अफ्रिकालाई निर्धारित २० ओभरमा १६९ (८) रनमा सीमित गर्दै भारत विजयी भएकाे भयाे।

भारतले दिएकाे उक्त लक्ष्य पछ्याउने क्रममा हेनेरिच क्लासेनले ५२, ह्विनटन डी क्वकले ३९, ट्रिस्टन स्टूब्सले ३१ र डेभिड मिलारले २१ रन रन प्रहार गरे।

अन्य खेलाडीले दाेहाेराे अंक जाेड्न सकेनन्।

दक्षिण अफ्रिकालाई पराजित गर्न हार्दिक पाण्डेय महत्वपूर्ण ३ विकेट लिए। त्यस्तै जसप्रित बुमराह र अश्रदीप सिंहले २-२ विकेट लिए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेकाे भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७६ रन बनाएकाे थियाे।

भारतका लागि विराट काेहलीले अर्धशतक प्रहार गरेका थिए।

याे विश्वकपमा भारत अपराजित रहँदै उपाधि उचाल्न सफल भयाे।

प्रकाशित मिति: : 2024-06-29 23:50:00

प्रतिकृया दिनुहोस्