बिएल संवाददाता
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेस गरेका छन्।
गएराति शीतलनिवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष एमाले र कांग्रेसको तर्फबाट नेपालको संविधानको धारा ७६ (२) बमोजिम एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार निर्माणका लागि दाबी पेस भएको हो।
कांग्रेसका ८८ र एमालेका ७८ सहित १ सय ६६ जना सांसदको हस्ताक्षरमा दाबी पेस भएको छ।
कांग्रेसको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गरेका ओलीलाई अन्य सात वटा दलले पनि समर्थन जनाएका छन्। दाबी पेस गर्न ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहित दुवै पार्टीका नेताहरू पुगेका थिए।
नयाँ प्रधानमन्त्री ओलीको नियुक्ति र शपथ ग्रहण आइतबार हुने भएको छ।


गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया