बिएल संवाददाता
अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको दौडबाट बाहिरिएपछि बुधबार राति राष्ट्रका नाममा सम्बोधन गरेका छन्।
सम्बोधनका क्रममा बाइडेनले जनतालाई आफ्नो निर्णयबारे जानकारी गराउँदै नयाँ पुस्तालाई अघि बढाउन अपिल गरे। राष्ट्रपति बाइडेनले आगामी नोभेम्बरमा हुन लागेको राष्ट्रपति निर्वाचनमा वर्तमान उपराष्ट्रपति तथा राष्ट्रपतिकी नयाँ उम्मेदवार कमला ह्यारिसलाई समर्थन गर्न आग्रह गरे।
ओभल अफिसबाट राष्ट्रका नाममा गरेको सम्बोधनमा बाइडेनले देशमा नयाँ सोच र नयाँ आवाजको लागि ठाउँ रहेको बताए। यस क्रममा उनले भने, ‘लामो समयको अनुभवको आफ्नै महत्व छ तर साथमा नयाँ आवाज, ताजा आवाज र हो, युवा आवाजको पनि आफ्नै समय र स्थान छ। आफ्नो पार्टीलाई एकताबद्ध गर।’
बाइडेनले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई चुनौती दिन आफू सबैभन्दा राम्रो उम्मेदवार भएको हप्तौंदेखि जोड दिइरहेका थिए। तर, अचानक उनले दौडबाट पछि हटेको घोषणा गरेका हुन्। यस भाषणको माध्यमबाट बाइडेनले पहिलोपटक जनतालाई प्रत्यक्ष सम्बोधन गरे र आफ्नो निर्णयको कारण बताए।
बाइडेनको यो सम्बोधनमा सारा विश्वको नजर अडिएको थियो। उनी कोभिड संक्रमणबाट निको भएर एक दिनअघि नै ह्वाइट हाउस फर्किएका थिए। यसअघि पूर्वराष्ट्रपति र रिपब्लिकन राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पमाथि आक्रमण भएको एक दिनपछि बाइडेनले राष्ट्रका नाममा सम्बोधन गरेका थिए।
बाइडेनले उपराष्ट्रपति कमला ह्यारिसलाई आफ्नो समर्थन उल्लेख गर्दै आफ्नो भाषणको अन्त्य गरेका थिए। उनले भने, ‘म हाम्रा महान उपराष्ट्रपति कमला ह्यारिसलाई धन्यवाद दिन चाहन्छु। उहाँ अनुभवी हुनुहुन्छ। उहाँ दृढ हुनुहुन्छ। उहाँ सक्षम हुनुहुन्छ। उहाँ मेरो लागि एक अद्भुत साझेदार र हाम्रो देशको लागि एक नेता हुनुहुन्छ।’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया