बिएल संवाददाता
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेवार समुदायले देशको राजनीतिक परिवर्तनका लागि ऐतिहासिक भूमिका खेलेको बताएका छन्।
ललितपुर महानगरपालिका वडा नम्बर २१ खोकनामा लागेको नेवारी समुदायको मौलिक र ऐतिहासिक पर्व रुद्रायणी देवीको १२ वर्षे मेला समापनका अवसरमा बोल्दै अध्यक्ष प्रचण्डले देशको आर्थिक विकास, सामजिक सद्भाव, संस्कृतिको संरक्षणको क्षेत्रमा पनि नेवार समुदायले ठुलो भूमिका खेलेको बताएका हुन्।
उनले भने, ‘देशको आर्थिक विकास, सामाजिक सद्भाव तथा संस्कृतिको संरक्षणको क्षेत्रमा मात्र नभएर नेवार समुदायले देशको राजनीतिक परिवर्तनका लागी पनि ऐतिहासिक भूमिका निर्वाह गर्दै आएको कुरा इतिहासमा स्वर्णिम अक्षरहरुमा लेखिसकिएको छ।’
साथै, उनले १० वर्षको जनयुद्ध र १९ दिनको ऐतिहासिक जनआन्दोलनमा नेवार समुदायले गरेको योगदान अविस्मरणीय रहेको बताए।
उनले शुसासन, सामाजिक न्याय समृद्धि हुँदै नेपाली जनताले देखेको समाजवाद निर्माणको सपना पूरा गर्न नेवार समुदायले ऐतिहासिक र निर्णायक भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।
अब अमेरिका पस्न तीन सहरबाट मात्र सकिने !
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया