
बिएल संवाददाता
पछिल्लो समय नेपालीहरूका लागि रोजगारीको गतिलो गन्तव्य बन्दै आएको माल्दिभ्समा महिलाहरूको ठुलो चाड तीजको उपलक्ष्यमा भव्य कार्यक्रमको आयोजना भयो।
नेपालका उदाउँदा लोकप्रिय गायिकका विन्दु परियार, कमल बिसी ‘माइल्दाई’लगायत अन्य कलाकारको उपस्थिति रहेको सांगेतिक कार्यक्रममा नेपाली गीतको आनन्द उठाउन पाउँदा सबै दंग देखिन्थे।
कार्यक्रम राजधानी अहमदिया अन्तर्राष्ट्रिय स्कुलको हलमा आयोजना भएको थियो। माल्दिभ्समा तीजको उपलक्ष्यमा यति ठुलो कार्यक्रम भएको यो पहिलोपल्ट हो। विदेशमा नेपाली दिदी-बहिनीका लागि कार्यक्रम गर्न पाउँदा खुसी लागेको कलाकार कमल बिसीले बताए।
‘चाड पर्वमा हामीलाई घरको याद आउने गर्छ। आयोजकहरूले विदेशमै रहेका चेलीहरूका लागि यति ठुलो कार्यक्रमको आयोजना गर्नुभयो, यसका लागि धन्यवाद छ,’ अर्की गायिका विन्दु परियारले भनिन्।
‘पर्ख-पर्ख मायालु’ बोलको गीत उनले गाउँदा हल गञ्जिएको थियो।
आयोजक बाँके–बर्दिया राइजिङ स्टारका सन्तोष मगरले कार्यक्रमलाई सफल बनाउन नेपाली चेलीहरूले गरेको प्रयासप्रति खुसी व्यक्त गरे। उनले कार्यक्रमको सफलताले भविष्यमा पनि नेपाली कलाकार माल्दिभ्स भित्र्याउन प्रेरणा मिलेको बताए।
तीजको यस विशेष कार्यक्रमका लागि माल्दिभ्स सरकारले स्विकृति प्रदान गरेको थियो। माल्दिभ्समा हाल ८० हजारको हाराहारीमा नेपालीहरू रोजगारी गर्दै आइरहेका छन्।
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया