बिएल संवाददाता
पछिल्लो समय नेपालीहरूका लागि रोजगारीको गतिलो गन्तव्य बन्दै आएको माल्दिभ्समा महिलाहरूको ठुलो चाड तीजको उपलक्ष्यमा भव्य कार्यक्रमको आयोजना भयो।
नेपालका उदाउँदा लोकप्रिय गायिकका विन्दु परियार, कमल बिसी ‘माइल्दाई’लगायत अन्य कलाकारको उपस्थिति रहेको सांगेतिक कार्यक्रममा नेपाली गीतको आनन्द उठाउन पाउँदा सबै दंग देखिन्थे।
कार्यक्रम राजधानी अहमदिया अन्तर्राष्ट्रिय स्कुलको हलमा आयोजना भएको थियो। माल्दिभ्समा तीजको उपलक्ष्यमा यति ठुलो कार्यक्रम भएको यो पहिलोपल्ट हो। विदेशमा नेपाली दिदी-बहिनीका लागि कार्यक्रम गर्न पाउँदा खुसी लागेको कलाकार कमल बिसीले बताए।
‘चाड पर्वमा हामीलाई घरको याद आउने गर्छ। आयोजकहरूले विदेशमै रहेका चेलीहरूका लागि यति ठुलो कार्यक्रमको आयोजना गर्नुभयो, यसका लागि धन्यवाद छ,’ अर्की गायिका विन्दु परियारले भनिन्।
‘पर्ख-पर्ख मायालु’ बोलको गीत उनले गाउँदा हल गञ्जिएको थियो।
आयोजक बाँके–बर्दिया राइजिङ स्टारका सन्तोष मगरले कार्यक्रमलाई सफल बनाउन नेपाली चेलीहरूले गरेको प्रयासप्रति खुसी व्यक्त गरे। उनले कार्यक्रमको सफलताले भविष्यमा पनि नेपाली कलाकार माल्दिभ्स भित्र्याउन प्रेरणा मिलेको बताए।
तीजको यस विशेष कार्यक्रमका लागि माल्दिभ्स सरकारले स्विकृति प्रदान गरेको थियो। माल्दिभ्समा हाल ८० हजारको हाराहारीमा नेपालीहरू रोजगारी गर्दै आइरहेका छन्।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया