बिएल संवाददाता
शिक्षामन्त्री सस्मित पोखरेलले कक्षा १२ को नतिजा भेरिफिकेसनका लागि समिति गठन गरेका छन्।
रिजल्टका विषयमा प्रश्न उठाउँदै विद्यार्थीहरू आन्दोलित भएपछि विषयमा प्रश्न उठेपछि उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण तथा परीक्षाङ्क तथा डेटा इन्ट्रीको भेरिफिकेसनका लागि समिति गठन गरिएको उनले जनाएका छन्।
समितिमा शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव र पाठ्यक्रम विकास केन्द्रका उपसचिवको समेत प्रतिनिधित्व रहने गरी जिम्मेवारी तोकिएको छ।
मन्त्री पोखरेलले शान्तिपूर्ण आन्दोलनमा उत्रिएका विद्यार्थी वा समूहप्रति सामाजिक सञ्जालमा गालीगलौज, दुर्व्यवहार वा अपमानजनक टिप्पणी नगर्न पनि आग्रह गरेका छन्।
राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रक्रिया स्पष्ट र विश्वसनीय रहेको तथा आवश्यक जनशक्ति थपेर र प्रशासनिक झन्झट हटाई समयमै नतिजा सार्वजनिक गरिएको उनले दाबी गरेका छन्।
छिटो नतिजा निकालेर नतिजा बिग्रिएको आरोप तथ्यहीन रहेको उनको दाबी छ। नतिजा प्रकाशनमा कुनै हतारो नगरिएको र यो नियमित प्रक्रिया अनुसार नै भएको उनको दाबी छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया