बिएल संवाददाता
अर्थमन्त्री विष्णु पौडेलले चेक अनादरको प्रवृत्ति बढ्दै गएकोले त्यसलाई नियन्त्रण गर्न जरुरी रहेको बताएका छन्।
आइतबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा भएको बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफावार छलफलमा उनले चेक अनादर निरुत्साहित गर्ने सँगसँगै कारबाहीको लागि कानुनमा व्यवस्था गरिने प्रवन्ध रियलस्टिक पनि हुनुपर्ने बताए।
उनले भने, ‘विधेयकको संशोधनको लक्ष्य के हो भने चेक अनादरको प्रवृद्धि बढ्दै गएको छ। त्यसलाई नियन्त्रण गर्न जरुरी छ। त्यसका निमित्त आवश्यक कानुनी प्रबन्ध पनि गर्नुपर्छ। अर्कोतर्फ चेक अनादरको विषय निरुत्साहित गर्न कानुनी तवरले काम कारवाही हुनुपर्छ। कानुनमा गरिने प्रबन्ध रियलस्टिक पनि हुनुपर्यो।’
अर्थमन्त्री पौडेलले बैङ्किङ्ग कसूरमा सजाय गल्ती र कमजोरीको प्रकृति हेरेर व्यवस्था गर्नुपर्ने बताए।
उनले भने, ‘दण्ड गल्तीको कमजोरीको प्रकृति हेरेर हुनुपर्छ। दण्ड सजायको प्रवृत्ति निराधार हुनुपर्छ। यी दुई कुरामा हेक्का राख्नुपर्छ।’
.jpg)
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया