बिएल संवाददाता
नेकपा एमालेका सांसद योगेश भट्टराईले बोलेको ‘हिंसा’ शब्द संसदको रेकर्डबाट नहटाएपछि नेकपा माअोवादी केन्द्रले आपत्ति जनाएकाे छ।
बुधबार बसेकाे प्रतिनिधिसभा बैठक सभामुख देवराज घिमिरेले ‘हिंसा’ शब्द असंसदीय नभएकोले संसदको रेकर्डबाट हटाउन नपर्ने बताएपछि माअोवादी आपत्ति जनाएकाे हाे।
सभामुखको निर्णयपछि माओवादी प्रमुख सचेतक हितराज पाण्डेले उक्त निर्णय गलत भएकाे भन्दै आपत्ति जनाए।
‘हाम्रो देशको मूल कानुन संविधान हो। संविधानमै जनयुद्ध र जनआन्दोलनको व्याख्या गरिएको छ। संविधानको प्रस्तावनामै उक्त व्याख्या छ’, उनले भने, ‘संसद्मा जनयुद्धलाई हिंसा भनेर जुन कुरा आएको छ, त्यसलाई संविधान र कानुनविपरीत छ भनेका छौँ। के अब संविधानभन्दा यहाँ प्रयोग हुने शब्द फरक हुनुपर्ने ह?’
त्यसपछि एमाले नेता रघुजी पन्तले बोलेका थिए। लगत्तै माओवादी सांसद माधव सापकोटाले बोल्न समय माग्दा सभामुखले नदिएपछि माओवादी सांसदहरु सिटबाट उठेर संसद अवरोध गरे।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया