बिएल संवाददाता
नेकपा एमालेका सांसद योगेश भट्टराईले बोलेको ‘हिंसा’ शब्द संसदको रेकर्डबाट नहटाएपछि नेकपा माअोवादी केन्द्रले आपत्ति जनाएकाे छ।
बुधबार बसेकाे प्रतिनिधिसभा बैठक सभामुख देवराज घिमिरेले ‘हिंसा’ शब्द असंसदीय नभएकोले संसदको रेकर्डबाट हटाउन नपर्ने बताएपछि माअोवादी आपत्ति जनाएकाे हाे।
सभामुखको निर्णयपछि माओवादी प्रमुख सचेतक हितराज पाण्डेले उक्त निर्णय गलत भएकाे भन्दै आपत्ति जनाए।
‘हाम्रो देशको मूल कानुन संविधान हो। संविधानमै जनयुद्ध र जनआन्दोलनको व्याख्या गरिएको छ। संविधानको प्रस्तावनामै उक्त व्याख्या छ’, उनले भने, ‘संसद्मा जनयुद्धलाई हिंसा भनेर जुन कुरा आएको छ, त्यसलाई संविधान र कानुनविपरीत छ भनेका छौँ। के अब संविधानभन्दा यहाँ प्रयोग हुने शब्द फरक हुनुपर्ने ह?’
त्यसपछि एमाले नेता रघुजी पन्तले बोलेका थिए। लगत्तै माओवादी सांसद माधव सापकोटाले बोल्न समय माग्दा सभामुखले नदिएपछि माओवादी सांसदहरु सिटबाट उठेर संसद अवरोध गरे।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया