बिएल संवाददाता
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाईको क्रममा खादा, माला नल्याउन नेपाल नागरिक उड्डयन प्राधिकरणले आग्रह गरेको छ।
सुरक्षा जाँचको क्रममा विमानस्थलको सुरक्षा उपकरणहरु (एक्स-रेहरु),कन्भेयर बेल्ट तथा स्केलेटरहरुमा अड्किएर उपकरणहरुलाइ गम्भीर क्षति पुर्याएकाले बाहिर देखिने गरी नल्याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ड्यन प्राधिकरण कार्यालयले आग्रह गरेको हो।
कार्यालयले बिहीबार एक सूचना जारी गर्दै यात्रुले माला/खादा विमानस्थलका विभिन्न भागमा छाडी जानेसमेत गर्नाले विमानस्थलको सौन्दर्यतामा समेत नकारात्मक असर पुग्ने गरेको उल्लेख छ। यात्रुले सँगै लानुपर्ने भएमा आफ्नो ब्यागभित्र नदेखिने गरी राखेर मात्र लग्न पाइने सूचनामा भनिएको छ।
सूचनामा भनिएको छ, ‘हवाई यात्रु महानुभावहरुले यस त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थल स्थित आन्तरिक तथा अन्तराष्ट्रिय टर्मिनल भवन प्रवेश गर्दा विदाई स्वरूप साथमा लगाई आउने वा ब्यागमा झुन्ड्याई बाँधी ल्याइने खादा आदि सुरक्षा जाचको क्रममा विमानस्थलको सुरक्षा उपकरणहरु (एक्स-रेहरु), कन्भेयर बेल्ट तथा स्केलेटरहरुमा अडकीइ उपकरणहरुलाइ गम्भीर क्षति पुर्याइ रहेको साथै यात्रुहरुले खादा/ मालाहरु विमानस्थलका बिभिन्न क्षेत्रहरुमा छाडी जाने समेत गर्नाले यसबाट विमानस्थलको सौन्दर्यतामा समेत नकारात्मक असर पुग्ने गरेको हुदा विमानस्थल टर्मिनल भवन प्रवेशका दौरान सुरक्षा जाँचका समयावधि भर यस्ता माला,खादा आदि वस्तुहरु प्रयोग नगरीदिन हुन र यात्रु महानुभावले सँगै लानु पर्ने भएमा आफ्नो ब्यागभित्र नदेखिने गरी राखेर मात्र लगिदिन हुन यात्रु तथा सम्पूर्ण महानुभावहरुमा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय हार्दिक अपिल गर्दछ।’
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया