बिएल संवाददाता
‘टप ३ लिडर’ बन्नका लागि भोट मागेकी भुपेन्द्रा बुढा मगर मागेको भोट हेर्न नपाएरै अस्ताएकी छिन्।
काठमाडौँबाट घर फर्कँदै गर्दा उनी सवार जिप शुक्रबार बागलुङको गलकोट गाउँपालिका–२ भुङखानीमा सडकबाट ३०० मिटर तल खस्दा उनको घटनास्थलमै मृत्यु भएकाे हाे।
उनीसहित घटनास्थलमै अन्य २ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। यो समाचार लेख्दासम्म उनीहरूको परिचय खुलिसकेको छैन।
३३ वर्षीया भुपेन्द्रा ‘सि लिडर आइकन’को उत्कृष्ट जनप्रतिनिधिमध्ये टप २७ मा छनौट भएकी थिइन्। अब उनी टप ३ का लागि प्रतिस्पर्धामा थिइन्। गाडी दुर्घटनाकाे अघिल्लो दिन उनले भोटसमेत मागेकी थिइन्। फेसबुकमा एउटा फोटो सार्वजनिक गर्दै लेखेकी छिन्, ‘भोटिङ गरी सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु।’

उनी सोमबार (भदौ २४ गते) मात्र देशभरका १४० जना महिला जनप्रतिनिधिहरुबाट टप २७ को लिष्ट परेकी थिइन्। त्यसपछि टप ३ का लागि उनले सबैसँग भोट माग्दै आएकी थिइन्।
‘नेपाली महिला जनप्रतिनिधिहरूको सु-कर्मलाई सञ्चार गर्ने अभियानअन्तर्गत ‘सि लिडर आइकन’ले नेपालभरका १४० महिला जनप्रतिनिधिहरूमध्ये टप २७ मा छनौट भएको छु। यहाँसम्म पुग्न साथ, सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दछु। अब टप ३ मा पर्नको लागि तपाईंको अमूल्य मतको खाँचो छ। अब मलाई टप ३ मा पुर्याउन तपाईंहरुको हातमा सुम्पिएको छु’, उनले भोट माग्दै लेखेकी थिइन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया