बिएल संवाददाता
सरकारले दुई महिनामा १ खर्ब ६९ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ। चालु आर्थिक वर्षको दुई महिनामा उक्त रकम संकलन गरेको हो।
सरकारले गत वर्षभदौ मसान्तसम्म १ खर्ब ५४ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो। जुन गत वर्ष यही अवधिमा संकलन भएको राजस्वभन्दा ९.७४ प्रतिशत बढी हो।
चालु आर्थिक वर्षको साउन र भदौमा गत वर्षभन्दा १० प्रतिशत बढी मात्रै राजस्व संकलन भएको हो। साउन र भदौमा देखिएको उत्साह कायमै रहेमा यो वर्ष १२ खर्ब भन्दा बढी राजस्व संकलन हुने अर्थ मन्त्रालयले जनाएको छ।
गत आर्थिक वर्षमा १० खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गरेको सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब १९ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया