
ईश्वरी राई (इशु)
स्थापनाका ४३ वर्षे इतिहासमा पहिलाेपटक जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड महिला महाप्रवन्धक संगीता यादवले हाँकिरहेकी छिन्। याे बीचमा कम्पनीका नयाँ उत्पादनहरू पनि बजारमा आएका छन्।
देशभित्रै जडिबुटीहरूलाई प्रशोधन गरी औषधिजन्य वस्तु उत्पादनका लागि स्थापना भएको थियो जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड। सरकारी स्वामित्वमा अहिले नाफामा रहेको एउटा सार्वजनिक संस्थान यो पनि हो।
‘सन्चो’लाई ब्रान्ड बनाएर अहिले जडिबुटीजन्य उपभोग्य वस्तुहरू उत्पादन गर्दै आएको यो कम्पनीले अहिले देशैभरि उत्पादन तथा संकलन केन्द्रहरू पनि स्थापना गरिरहेको छ।
प्रदेशस्तरमा स्थानीय जडिबुटीको प्रवर्द्धन गर्दै गुणस्तरीय उत्पादन बढाइरहेको यो कम्पनीको इतिहासमा पहिलोचोटी अहिले एकजना महिला महाप्रबन्धक पनि पाएको छ। र, उनकै कार्यकालमा कम्पनीले बजारमा थप दुई नयाँ प्रोडक्ट भित्र्याएकाे छ।
बहुराष्ट्रिय कम्पनीका उत्पादनलाई ‘टक्कर’ दिइरहेको कम्पनीले अहिले सात सय जना किसानलाई ब्यावसायिकरुपमा कम्पनीसँग जाेडिसकेकाे छ।
नेपालमा जडिबुटी उत्पादन र त्यसकाे व्यावसायिक सम्भावनाका बारेमा रहेर बिएल नेपाली सेवाका लागि ईश्वरी राई ‘इशु’ले जडीबुटी कम्पनीका महाप्रबन्धक संगीता यादवसँग कुराकानी गरेकी छन्-
भिडियाे :
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया