
बिएल संवाददाता
चीनले बनाएको विश्वको सबैभन्दा अग्लो पुलमा घुम्न आउने पर्यटकहरुको भीड लागेको छ।
चीनका दुइटा पहाडी प्रान्त युनान र गुइजोउलाई जोड्नेगरी बनाइएको पुल नदीदेखि ५६५ मिटर छ। जन गणतन्त्र चीन स्थापनाको ७५औँ वार्षिकोत्सवको उपलक्ष्यमा यहाँ पर्यटकहरुको संख्या बढेको स्थानीय संचारमाध्यमहरुले जनाएका छन्।
पुलले स्थानीय यातायातमा उल्लेख्य सुधार गरेको छ र यस क्षेत्रको पर्यटनमा उल्लेख्य वृद्धि भएको स्थानीयको भनाइ छ। त्यहाँ होमस्टेहरु प्रशस्त खुलेका छन्। सन् २०२५ सम्म पुलको निर्माण पूर्णरुपमा सकिने जनाइएको छ।
‘पुल बन्नुअघि गाउँबाहिर जान चाहने हो भने पहिले पहाड चढ्नुपर्छ, त्यसपछि पहाडबाट तल खोलासम्म जानुपर्थ्यो, प्रायः चार घन्टा लाग्थ्यो, अब पर्यटक भएर घरमै बसेर जीविकोपार्जन गर्न सक्छौँ। बेलायत, जर्मनी, फ्रान्स, रुस, इजरायल र लेबनानलगायत धेरै देशबाट मेरो गृहनगर घुम्न आउँदैछन्,’ स्थानीय गाउँले सुआन्जुनले भने।
(सीसीटिभी प्लस/एनएनबी)
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया