बिएल संवाददाता
घोराही उपमहानगर-७मा सञ्चालित देवी संस्कृत गुरुकुलका लागि निर्माण गरिएको शौचालय रोटरी क्लब अफ दाङले हस्तान्तरण गरेको छ। शनिबार एक समारोहका बीच उक्त शौचालय हस्तान्तरण गरिएको हो।
रोटरी क्लव अफ दाङका अध्यक्ष प्रदीप सुवेदीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोख्रेलको प्रमुख आतिथ्यतामा उक्त शौचालय हस्तान्तरण गरिएको थियो।
करिब ३ लाख रुपैयाँ बराबर लागतमा बनेको शौचालयका लागि रोटरी क्लब अफ एङ्करेज, हेल्पिङ ह्याण्ड नेपाल तथा विभिन्न व्यक्तिहरूले पनि आर्थिक सहयोग गरेको रोटरी क्लव अफ दाङका प्रेसिडेन्ट इलेक्ट रोशन दाहालले जानकारी दिए। उक्त शौचालय गुरुकुलका प्रमुख प्रकाश भट्टराईलाई हस्तान्तरण गरिएको थियो।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया