बिएल संवाददाता
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले नेपालको समग्र विकासका निम्ति जनप्रतिनिधिहरुले राजनीतिक भेदभावरहित राष्ट्र सेवाभाव राखेर काम गर्नुपर्ने तर्क गरेका छन्।
सक्सेस मिडिया र यात्रा प्लसको संयुक्त आयोजनामा नेपाल पर्यटन बोर्डमा भएको ‘एचिभर्स अवार्ड ‘२०२४’ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
‘हाम्रा कतिपय जनप्रतिनिधि विशेषगरी मन्त्रीज्यूहरुको कार्यशैली देखेर मलाई अनौठो लाग्छ। चुनावमा पनि जनताका लागि काम गर्छु भन्ने, मन्त्री बन्ने बेलामा पनि राष्ट्र, राष्ट्रियता र जनताका पक्षमा निस्वार्थ काम गर्छु भन्ने अनि पदमा पुगेपछि राजनीतिक रंग हेरेर काम गर्ने गर्नुहुन्छ’, राज्मन्त्री चौधरीले भने, ‘म त के भन्छु भने मन्त्रीको पदमा पुगेको मान्छे साझा हुनुपर्छ। त्यहाँ पुगेपछि पनि कुन पार्टीबाट आएको? भनेर राजनीतिक नजरबाट मात्रै हेर्ने र एकअर्कासँग आवश्यक समन्वय नगर्ने हो भने मुलुकको विकास र रुपान्तरणले फड्को मार्न सक्दैन। त्यस्ता व्यक्ति साँच्चै भन्नुपर्दा देश विकासको बाधक हुन्।’
यस्तै उनले नेपालको पर्यटन प्रवर्द्धन तथा विकासका लागि हरेक क्षेत्रका व्यक्तिहरुसँग सहकार्य गरेर अघि बढ्नु पर्ने बताएका छन्।
‘नेपालको जस्तो अनौठो र विविधताले भरिएको प्राकृतिक, सांस्कृतिक, धार्मिक सँगसँगै विविध विविधता र गतिविधिहरूको धनी विश्वका कुनै देशमा छैनन्। त्यसैले मलाई लाग्छ विश्वका कुनै पनि देशले नेपालको पर्यटनसँग प्रतिस्पर्धा गर्न सक्दैन’, राज्यमन्त्री चौधरीले भने, ‘यहाँको पर्यटकीय क्षेत्रलाई ब्रान्डिङ गर्न सके नेपाल विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्ने र देशको आर्थिक सम्बृद्धि हुनेछ। त्यसका लागि हरेक क्षेत्रका व्यक्तित्वहरुको योगदान महत्वपूर्ण रहन्छ। त्यसैले सरकारको तर्फबाट मैले सधैँ सकारात्मक सहकार्य गर्नेछु।’
कार्यक्रममा कलाकारिता, बैंकिङ, चिकित्सा, मिडिया, व्यवसायी तथा खेल क्षेत्रका व्यक्तित्वलाई अवार्ड प्रदान गरिएको थियो। राज्यमन्त्री चौधरीले अवार्ड पाउनेहरुलाई ट्रफी र प्रमाणपत्र प्रदान गरे।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया