बिएल संवाददाता
चाड पर्वकाे माैका छाेपेर चाेरी गर्ने व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेकाे छ। काठमाडाैँकाे पेप्सीकाेलास्थित अञ्जली ताम्राकारकाे घरकाे काेठामा फेडेर धनमाल चाेरी गर्नेलाई प्रहरीले पक्राउ गरेकाे हाे।
पक्राउ पर्नेमा नुवाकाेटकाे मेघाङ- ५ टक्सारका २८ वर्षीय मनिष सापकाेटा, २८ वर्षीय डियुक सापकाेटा र श्रीमाया तामाङ तथा काभ्रेकाे पाँचखाल- ३ चाेकपाटीका २७ वर्षीय धनेष लामा रहेका छन्।
उनीहरुले मंगलबार अञ्जलीकाे घरमा बस्ने चिनियाँ नागरिक लुओ जाई लिआनकाे काेठामा प्रवेश गरी लकर फाेडेर त्यसमा राखिएकाे १९ लाख नगद चाेरी गरेका थिए। उनीहरुले साे घरकाे सिसिटिभी क्यामेराकाे हार्डड्राइभ समेत साथमै लिएर भागेका थिए।
उनीहरुलाई बिहीबार काठमाडाैँका विभिन्न स्थानबाट पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ।
१९ लाख चाेरी गरेका उनीहरुले त्याे पैसाबाट एनएस- २०० माेटरसाइकल किनेकाे खुलेकाे छ। प्रहरीले पक्राउ गर्नुअघि नै उनीहरुले चाेरी गरेकाे पैसा बाँडफाँड गरिसकेका थिए।
उनीहरु थप अनुसन्धान र कारबाहीकाे लागि नयाँ बानेश्वर प्रहरी वृत्तमा राखिएकाे छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया