बिएल संवाददाता
हङकङ सिक्सेस प्रतियाेगितामा नेपालले अस्ट्रेलियालाई पराजित गरेकाे छ।
शनिबार बिहान भएकाे खेलमा नेपालले अस्ट्रेलियालाई ११ रनले पराजित गरेकाे हाे। नेपालले दिएकाे ११२ रनकाे लक्ष्य पछाएकाे अस्ट्रेलियाले निर्धारित ६ ओभरमा १०० रन मात्रै बनायाे।
अस्ट्रेलियाका लागि ज्याक वूडले ५५ रन प्रहार गरे।
त्यसअघि पहिले ब्याटिङ गरेकाे नेपालले १११ रन प्रहार गरेकाे थियाे। त्यसक्रममा नेपालका सन्दीप जाेराले ५१ र लाेकेश बमले ३३ रन प्रहार गरेका थिए।
याे नेपालकाे लगातार दाेस्राे जित हाे। यसअघि नेपालले पहिलाे खेलमा इङ्ल्याण्डलाई हराएकाे थियाे।
नेपाल याे खेल अगावै क्वाटरफाइनलमा पुगिसकेकाे थियाे। नेपालले शनिबार नै सेमिफाइनल प्रवेशका लागि श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। खेल दिउँसो १:३५ बजे हुनेछ।
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया