शुक्रबार, ०१ अगस्ट २०२५

हङकङ सिक्सेस: नेपाल प्लेट सेमिफाइनलमा पनि पराजित

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैँ
Break n Links
• • •

नेपाल हङकङ सिक्सेसकाे प्लेट सेमिफाइनलमा पनि पराजित भएकाे छ।

आइतबार बिहान सम्पन्न खेलमा नेपाल युएईसँग ५ विकेटले पराजित भएकाे हाे। नेपालले दिएकाे ९५ रनकाे लक्ष्य युएईले १ विकेटकाे क्षतिमा ५.२ ओभरमा पूरा गर्याे।

युइएईका असिफ खानले ४९ रन प्रहार गरे। नेपालका विकेकले १ विकेट लिए।

त्यसअघि नेपालले निर्धारित ६ ओभरमा ३ विकेट गुमाएर ९४ रन बनाएकाे थियाे। त्यसक्रममा नेपालका विवेक यादबले ४९ र लाेकेश बमले १९ रन प्रहार गरेका थिए।

श्रीलंकासँग पराजित भएर क्वाटरफाइनलबाट बाहिरिएकाे नेपालले प्लेट सेमिफाइनल खेलेकाे हाे।

 

 

 

  

आइतबार, कार्तिक १८, २०८१
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)