बिएल संवाददाता
कालीकोटकाे पलाँता गाउँपालिका–३ राडुनेटामा जिप दुर्घटनामा परी मृत्यु भएकाकाे परिचय खुलेकाे छ। आइतबार दिउँसाे साढे २ बजेतिर जिप दुर्घटना हुँदा ७ जनाकाे मृत्यु भएकाे थियाे।
मृत्यु हुनेमा जिप चालक सल्यान सारदा नगरपालिका १४ का ५१ वर्षीय धनीराम रावत, पलाँता गाउँपालिका ६ का दसकला शाही, पदम बम, भगवती रोकाया, गणेश शाही, पलाँता ५ का छाँया शाही र पलाँता ३ का ६ वर्षीय बालक दमन रोकाया रहेका छन्।
चालककाे उपचारकाे क्रममा मृत्यु भएकाे थियाे भने अन्य ६ जनाकाे भने घटनास्थलमै मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय कालिकाेटले जानकारी दिएकाे छ।
दुर्घटनामा घाइते भएका १३ जनाकाे हेलिकप्टरबाट उद्धार गरी सुर्खेतमा उपचार भइरहेकाे छ।
पलाँता गाउँपालिका ५ खिनबाट पलाँता ९ थिर्पुतर्फ जाँदै गएको क १ ज ५६ नम्बरको जिप दुर्घटनामा परी सडकदेखि ५०० मिटर तल खसेकाे थियाे। जिपमा सिट संख्या भन्दा धेरै यात्रु बाक्दा दुर्घटना भएकाे अनुमान गरिएकाे छ।
जिपमा २० जना सवार थिए।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया