
बिएल संवाददाता
कालीकोटकाे पलाँता गाउँपालिका–३ राडुनेटामा जिप दुर्घटनामा परी मृत्यु भएकाकाे परिचय खुलेकाे छ। आइतबार दिउँसाे साढे २ बजेतिर जिप दुर्घटना हुँदा ७ जनाकाे मृत्यु भएकाे थियाे।
मृत्यु हुनेमा जिप चालक सल्यान सारदा नगरपालिका १४ का ५१ वर्षीय धनीराम रावत, पलाँता गाउँपालिका ६ का दसकला शाही, पदम बम, भगवती रोकाया, गणेश शाही, पलाँता ५ का छाँया शाही र पलाँता ३ का ६ वर्षीय बालक दमन रोकाया रहेका छन्।
चालककाे उपचारकाे क्रममा मृत्यु भएकाे थियाे भने अन्य ६ जनाकाे भने घटनास्थलमै मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय कालिकाेटले जानकारी दिएकाे छ।
दुर्घटनामा घाइते भएका १३ जनाकाे हेलिकप्टरबाट उद्धार गरी सुर्खेतमा उपचार भइरहेकाे छ।
पलाँता गाउँपालिका ५ खिनबाट पलाँता ९ थिर्पुतर्फ जाँदै गएको क १ ज ५६ नम्बरको जिप दुर्घटनामा परी सडकदेखि ५०० मिटर तल खसेकाे थियाे। जिपमा सिट संख्या भन्दा धेरै यात्रु बाक्दा दुर्घटना भएकाे अनुमान गरिएकाे छ।
जिपमा २० जना सवार थिए।
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया