बिएल संवाददाता
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले खनाल निवास डल्लुमा शिष्टाचार भेटवार्ता गरेका छन्।
भेटक क्रममा पूर्वप्रधानमन्त्री खनालले राजदुतलाई नेपाल र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २५औँ वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै नेपाल र कोरिया बीचमा धेरै लामो कालदेखि समधुर सम्बन्ध रहेको र द्विपक्षीय सम्बन्ध अझै विकास हुने विश्वास व्यक्त गरे।
राजदूत ताइयोङले पनि नेपालको आर्थिक विकासमा कोरियाको सधैं सकरात्मक सहयोग रहेको र विशेषगरी हरित आर्थिक गतिविधिमा पनि कोरियन सरकार नेपाललाई सहयोग गर्न इच्छुक रहेको बताए। भेटमा दुई देशबीचको आपसी हित एवं चासोको विषयमा लामो कुराकानी भएको थियो।
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया