बिएल संवाददाता
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा कसैले काम गरेको भए आफूहरुले नै गरेको दाबी गरेका छन्।
बिहीबार नेपाल नेवा राष्ट्रिय सङ्घको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले मुलुकमा परिवर्तन पनि आफूहरुले नै गरेको र देशमा गणतन्त्र पनि आफूहरुले नै ल्याएको बताएका हुन्।
उनले भने, ‘हामीले नगरेको होइन, गरेका छौँ। काम नगरेकाहरुसँग हामीलाई एउटै लाइनमा राख्न मिल्दैन। हामीले गर्वका साथ भन्न सक्नुपर्छ। यो मुलुकमा कसैले काम गरेको छ भने त्यो हामीले गरेका छौँ। परिवर्तन कसैले गरेको छ भने त्यो हामीले गरेका हौँ। गणतन्त्र कसैले ल्याएको छ भने त्यो हामीले ल्याएका छौँ। गणतन्त्र आउँदैन नेपालमा भन्नेहरु यहीँ पार्टीभित्र थिए। गित गाएर मात्र हिँडेका होइनन्, विरोध गरेर हिँडेका थिए। उत्साह बढाउने होइन, उल्साह घटाउने काम गरिरहेका थिए। हामीले टेरेनौँ, वास्ता गरेनौँ र राजतन्त्रको बारेमा अरु पार्टीले पनि मतलब गरेनन्।’
साथै उनले देशको मूल समस्या सरकारको अस्थिरता नभएको बताए। उनले आफूहरु ९ महिना सरकारमा रहँदा उदाहरण पेश गरेको भन्दै सो अवधिमा गफ नभइ काम गरेर देखाएको जिकिर गरे।
‘हाम्रो देशको समस्याको मूल कारण के हो, त्यहाँबाट जानुपर्छ। मुल कारण भनेको सरकारको अस्थिरता होइन। ९ महिना हामी सरकारमा हुँदाखेरी (नौ महिना) उदाहरण पेश गरेका छौँ। गफ होइन, काम गरेर देखाएका छौँ, नौ महिनाभित्र सारा देशमा तरंग पैदा गरिदियौँ’, उनले भने।
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया