बिएल संवाददाता
                                राष्ट्रपतिमा निर्वाचित डोनल्ड ट्रम्पले आफ्नो अनुदारवादी दक्षिणपन्थी प्रशासनको महान्यायाधिवक्तामा मनोनयन गरेका म्याट गेजले अप्रत्यासित रूपमा नाम फिर्ता लिएका छन् । ट्रम्प बसोबास गरिरहेको फ्लोरिडा राज्यका कंग्रेस सदस्य गेजमाथि एक १७ वर्षीय बालिकालाई लागु पदार्थ खुवाएर यौन सम्पर्क गरेको अभियोग लागेको थियो । उनले ती किशोरीको मुख बन्द गराउन पटक पटक पैसा दिएका थिए ।
संसदको आचरण समितिमा एक द्विदलीय समितिले यसबारेमा अध्ययन गरेर गेज यौन काण्डमा संलग्न रहेको प्रमाण भेटाए पनि रिपब्लिकन बहुमत रहेको त्यो समतिले प्रतिवेदन सार्वजनिक नगर्ने पक्षमा मतदान गरेको थियो । तर, एकपछि अर्को गरेर प्रमाणहरू मिडियामा छरपष्ट भैरहदा गेज थप अप्ठ्यारोमा पर्दै गएका थिए । ट्रम्पले उनलाई सजिलो बनाउन संसदका रिपब्लिकन नेताहरूलाई आदेश पनि दिएका थिए । तर, बुधबार संसदका रिपब्लिकन नेताहरूसँग कुरा गर्दा गेज आफूले सहज महसुस गरेनन् । उनले यसअघि संसदका रिपब्लिकन सभामुख म्याकर्थीलाई अपदस्थ गर्न नेतृत्व गरेकाले उनी म्याकर्थी खेमाका सांसदहरूको आँखाको तारो बनेका थिए ।रिपब्लिकन दल भित्रकै आन्तरिक पार्टी राजनीतिका कारण पल्ला हलुका भएपछि गेज यो निर्णयमा पुगेका हुन् ।
गेजले आफू निर्दोष भए पनि यो विवादले राष्ट्रपति निर्वाचित ट्रम्पलाई सहयोग नपुग्ने भन्दै राजिनामा दिएको बताए । कंग्रेस सदस्यबाट राजिनामा दिएर महान्यायाधिवक्ताको मनोनयन स्विकारेका गेजको कंग्रेस सदस्य पनि गुम्यो । उनी यसै पनि यौन मामिलाको गम्भीर आरोपका कारण अफ्ठ्यारोमा थिए । पछिल्लो घटनापछि गेजको राजनीतिक भविष्य नै खतरामा परेको बताइएको छ । तर, ट्रम्पले भने उनको मनोनयन फिर्तालाई 'महान' त्याग भन्दै त्यसको सधैं सम्मान गर्ने बताएका छन् ।
गेजको मनोनयन फिर्तासँगै ट्रम्पलाई विवादास्पद नामहरू मनोनयन गर्न नहुने शिक्षा मिलेको छ । सिनेटमा रिपब्लिकन पार्टीको बहुमत भए पनि रिपब्लिकन खेमामा प्रिय नभइसकेका आर के जुनियर, तुल्सी गेबर्डलगायतका कतिपय नामहरू सिनेटबाट पारित गराउन सजिलो नहुने संकेत पनि मिलेको छ ।
ट्रम्पको मनोनयनमा परेका गेज यौन काण्डमा फसेका एक मात्र व्यक्ति हैनन् । ट्रम्पले रक्षामन्त्रीमा मनोनयन गरेका पिट हिगसेथ र शिक्षामन्त्रीमा मनोनयन गरेका लिण्डा म्याकमहनमाथि पनि यस्तै गम्भीर आरोप लागेको छ । हिसगेथले क्यालिफोर्नियामा २०१७ मा गरेको एक यौन काण्ड बाहिर आएको छ भने लिण्डाले वालिकाहरूमाथि यौन दुर्व्यवहार गरेको आरोप छ । एकपछि अर्को गरेर घटनासँग सम्बन्धित प्रमाणहरू मिडियामा आइरहेको बेला उनीहरूको नाम पनि सिनेटसम्म नपुग्ने हो कि भन्ने आशंका बढेको छ ।
                                    
                                        नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
                                    
                                        नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया