बिएल संवाददाता
सुनसरीको धरान उपमहानगरपालिका–१३ अमरहाटबाट मंगलबार राति प्रहरीले ६ सय ९० किलोग्राम गाँजा बरामद गरेको छ।
सरकारी नम्बर प्लेट भएका दुई गाडीहरूमा लुकाएर ओसारपसार हुँदै गरेको उक्त गाँजा प्रहरीको कडा निगरानीमा फेला परेको हो।
प्रहरीका अनुसार बा.१ झ ४६०५ नम्बरको स्कार्पियो गाडीबाट ३ सय ३० किलोग्राम गाँजा बरामद गरिएको हाे।
गाडीका चालक ३६ वर्षीय श्यामकुमार विकलाई पक्राउ गरिएको छ। उनी मोरङका निवासी हुन्।
अर्को गाडी बा.१ झ ५१२७ नम्बरको स्कार्पियो पनि प्रहरीले तलासी गर्दा ३ सय ६० किलोग्राम गाँजा बरामद गरेको छ।
गाडीहरूमा गाँजा लुकाएर ढुवानी भइरहेको भन्ने सूचना प्राप्त भएसँगै प्रहरी टोलीले तत्काल छानबिन सुरु गरेको थियो। विकलाई पक्राउ गर्दा अर्का गाडीको चालक भाग्न सफल भएका थिए। पछि सोही गाडी फेला पारेर तलासी गर्दा गाँजा समातिएको थियो।
प्रहरीले फरार चालकको खोजी भइरहेको र यस घटनामा थप अनुसन्धान भइरहेको जनाएको छ।
पूराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया