बिएल संवाददाता
१०औं राष्ट्रिय खेलकुद प्रतियोगितामा आयोजक कर्णाली प्रदेशले पहिलो पदक जित्दै पदकको खाता खोलेको छ।
आइतबार सम्पन्न महिला बास्केटबलको थ्री बाइ थ्री (३×३) विधामा रजत पदक जितेसँगै कर्णालीले प्रतियोगितामा पहिलो सफलता हात पारेको हो।
आइतबार भएको फाइनल खेलमा कर्णाली प्रदेशले नौ अंक प्राप्त गर्दै रजत पदक जितेको हो। १३ अंकसहित नेपाल आर्मीले स्वर्ण पदक हात पार्दा एपीएफ क्लबले कास्य पदक जितेको छ।
प्रतियोगितामा शनिबारसम्म कुनै पनि पदक जित्न नसकेको कर्णालीले आइतबार महिला बास्केटबलमार्फत पहिलो पदक प्राप्त गरेको हो। आफ्नै भूमिमा आयोजना भइरहेको राष्ट्रिय खेलकुदमा पदकविहीन बनेको कर्णालीका लागि यो सफलता महत्वपूर्ण बनेको छ।
यसैगरी महिला बास्केटबलको फुल कोर्ट (५×५) विधातर्फ सशस्त्र प्रहरी बलको एपीएफ क्लबले स्वर्ण पदक जितेको छ। फाइनलमा एपीएफले ५७ अंक प्राप्त गर्दै पहिलो स्थान हासिल गर्दा त्रिभुवन आर्मी क्लबले २९ अंकसहित रजत पदक जितेको छ।
नेपाल प्रहरीले कास्य पदकमा चित्त बुझाएको बास्केटबलका वरिष्ठ रेफ्री राजेश महर्जनले बताए।
आयोजक कर्णालीले पहिलो पदक जितेसँगै प्रतियोगितामा थप पदकको आशा पलाएको छ।
कांग्रेस विवाद: अध्यावधिक हुनु र आधिकारिकता पाउनु अलग विषय हो
फेरिँदै महिला हिंसाको स्वरूपः सामाजिक सञ्जालबाट हुने चरित्र हत्या र साइबर हिंसाले थप चुनौती
प्रधानमन्त्रीको भारत भ्रमणः सन्तुलनको सम्बन्ध र विश्वास स्थापनाको प्रयास
किसुनजीको सुराहीमा मोदीजीको सादगी!
विस्तृत शान्ति सम्झौतादेखि जेनजी विद्रोहसम्म: धरमराएको ‘शान्ति-यात्रा’
प्रधानमन्त्रीको भारत भ्रमण ‘नयाँ कूटनीतीको परीक्षा’
अब समाजमा झुकेको आमाबुबाको शिर उठाउनु छ…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया