बिएल संवाददाता
नेकपा माओवादी केन्द्रले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणमा कार्यकक्ष खोलेप्रति विरोध जनाएकाे छ।
बिहीबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासी खुमलटारमा बसेको केन्द्रीय कार्यालयको बैठकले सरकारले विद्युत् प्राधिकरणमा हस्तक्षेप विरोध गरिहेको भन्दै विराेध जनाएकाे हाे।
विद्युत् महसुस उठाउने कार्य रोक्न इतिहासमा कहिल्यै नभएको अनौठो गरी प्राधिकरणमै मन्त्रीले कार्यकक्ष खोलेर प्राधिकरणका काममा अवरोध गर्ने काम भएको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।
‘जसरी प्राधिकरणले महसुस उठाउन जोड दिइरहेको छ, यसलाई रोक्न इतिहासमा कहिल्यै नभएको अनौठो गरी विद्युत् प्राधिकरणमै मन्त्रीले कार्यकक्ष खोलेर प्राधिकरणका काममा अवरोध गर्ने काम भएको छ, यसमा हाम्रो सशक्त विरोध हुनेछ’, प्रवक्ता सापकाटोले भने, ‘सरकारले बिचौलिया र भ्रष्टाचारीहरुलाई जोगाउने काम गरिरहेको छ, यसका विरुद्ध व्यवस्थित रुपमा खबरदारी गर्ने पार्टीले निर्णय गरेको छ।’
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया