बिएल संवाददाता
नेपाल प्रिमियर लिग (एनपिएल)काे मंगलबार भएकाे दोस्रो खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई १ सय ४ रनको सामान्य लक्ष्य दिएकाे छ।
त्रिवि क्रिकेट मैदानमा भइरहेकाे खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले सुरुवात निकै राम्रो खेलेकाे भए पनि १६.३ ओभरमा अल आउट हुँदै १०३ रन मात्र बनाउन सक्याे।
कर्णाली याक्सका विलियम बोसिस्टोकाे घातक बलिङले पाेखरा समान्य लक्ष्यमा समेटियाे। बाेसिस्टाेले ४ ओभर बलिङ गर्दै पोखराको ६ विकेट लिए।
यससँगै उनी नेपाल प्रिमियर लिगमा एकै खेलमा ६ विकेट लिने पहिलो खेलाडी बनेका छन्। यसअघि सोहेल तनविर, नरेन साउद र हर्श थाकेरले एकै खेलमा ५ विकेट लिएका थिए।
पाेखराका लागि ओपनरद्वय दिनेश खरेल र आन्द्रियस गाउसले तीव्र गतिमा रन बनाउँदै ३.५ ओभरमा ४६ रन जोडे।
गाउस १२ बलमा २५ रन जोड्दै आउट भए। उनले ४ चौका र १ छक्का प्रहार गरे। खरेलले १९ बलमा २६ रन जोडेर पभेलियन फर्किए।
त्यसपछि पोखराले लय गुमाएकाे थियाे। त्यसपछि रेमन राइफरले २६ बलमा २० तथा कप्तान कुशल भुर्तेलले ११ रन जोडे।
अन्य ब्याटर चल्न सकेनन्।
चार खेल खेल्दा दुई जित र दुई हार बेहाेरेकाे कर्णालीको चार अंक छ भने तीनमा दुई खेल गुमाएको पोखराको दुई अंक मात्र छ।
कर्णाली चार अंकसहित तालिकाको चौथो स्थानमा छ भने पोखरा पाँचौ स्थानमा छ। पहिलो खेलमा चितवन र दोस्रो खेलमा जनकपुरसँग पराजित पोखराले पछिल्लो खेलमा लुम्बिनीमाथि जित हात पारेको थियो।
अब अमेरिका पस्न तीन सहरबाट मात्र सकिने !
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया