बिएल संवाददाता
नेपाल प्रिमियर लिग (एनपिएल)काे मंगलबार भएकाे दोस्रो खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई १ सय ४ रनको सामान्य लक्ष्य दिएकाे छ।
त्रिवि क्रिकेट मैदानमा भइरहेकाे खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले सुरुवात निकै राम्रो खेलेकाे भए पनि १६.३ ओभरमा अल आउट हुँदै १०३ रन मात्र बनाउन सक्याे।
कर्णाली याक्सका विलियम बोसिस्टोकाे घातक बलिङले पाेखरा समान्य लक्ष्यमा समेटियाे। बाेसिस्टाेले ४ ओभर बलिङ गर्दै पोखराको ६ विकेट लिए।
यससँगै उनी नेपाल प्रिमियर लिगमा एकै खेलमा ६ विकेट लिने पहिलो खेलाडी बनेका छन्। यसअघि सोहेल तनविर, नरेन साउद र हर्श थाकेरले एकै खेलमा ५ विकेट लिएका थिए।
पाेखराका लागि ओपनरद्वय दिनेश खरेल र आन्द्रियस गाउसले तीव्र गतिमा रन बनाउँदै ३.५ ओभरमा ४६ रन जोडे।
गाउस १२ बलमा २५ रन जोड्दै आउट भए। उनले ४ चौका र १ छक्का प्रहार गरे। खरेलले १९ बलमा २६ रन जोडेर पभेलियन फर्किए।
त्यसपछि पोखराले लय गुमाएकाे थियाे। त्यसपछि रेमन राइफरले २६ बलमा २० तथा कप्तान कुशल भुर्तेलले ११ रन जोडे।
अन्य ब्याटर चल्न सकेनन्।
चार खेल खेल्दा दुई जित र दुई हार बेहाेरेकाे कर्णालीको चार अंक छ भने तीनमा दुई खेल गुमाएको पोखराको दुई अंक मात्र छ।
कर्णाली चार अंकसहित तालिकाको चौथो स्थानमा छ भने पोखरा पाँचौ स्थानमा छ। पहिलो खेलमा चितवन र दोस्रो खेलमा जनकपुरसँग पराजित पोखराले पछिल्लो खेलमा लुम्बिनीमाथि जित हात पारेको थियो।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया