बिएल संवाददाता
भित्री बस्त्र मात्र लगाएकी नाबालिग त्रस्त अवस्थामा छिन्। शरीरभरि माटो–माटो भएकी उनी कतै लछाचुँडीमा परिन् कि! त्यसै भन्छ उनको शरीरमा लागेको माटोले।
कतै जंगलको अनकन्टारजस्तो देखिने खोला किनारको ठाउँमा नाबालिग मात्र छिनन्। साथमा छन्– अन्य केही व्यक्तिहरू। ती व्यक्तिहरूबाट नै नाबालिग त्रस्त देखिएकी हुन्।
कसैले लाइट बालेका, कसैले क्यामेरा खोलेका। ‘कसैले अनुहार देखा, गाेप्य अंग देखा’ भन्नेहरूबाट त्रस्त देखिएकी उनी एक हातले अनुहार र अर्को हातले लाज छोप्न प्रयासरत छिन्।
सायद सक्थिन् भने पूर्वगृहमन्त्री रवि लामिछानेको भनाइजस्तै उनले नाकको डाँडी भाँचिने गरी हान्थिन् कि! तर हुल बाँधेर घेरेका ब्वाँसाजस्ता देखिएका राक्षसी मानवका अगाडि उनको केही लागेन। मात्र रिसमा आमा गाली गर्न सकेकी छिन्।
एक मिनेट नपुगेको यो भिडियो पटक–पटक बलात्कृत भएकी बर्दियाकी १३ वर्षीया बालिगको हो। गएको भदौमा बलात्कार गर्दै खिचिएको भिडियो चार महिनापछि लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान भइरहेको समयमा बाहिर आएको थियो।
नेपालले नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान गर्दछ। यस वर्ष मंसिर १० देखि २५ गतेसम्म नेपालले यो अभियान सञ्चालन गर्यो। जसमा घरदेखि कार्यस्थलसम्म हुने लैंगिक हिंसाविरुद्ध आवाज उठाउन उत्प्रेरित गरिन्छ।
अधिकारकर्मीहरूले लैंगिक हिंसाविरुद्ध उत्प्रेरणा जगाइरहँदा पटक–पटक बलात्कृत भएकी बालिका चार महिनादेखि आफूमाथिको घटना लुकाउन बाध्य भएकी थिइन्। एकाएक मंसिर २० गते बालिगकी आमाको म्यासेन्जरमा भिडियो पुगेपछि छोरीमाथिको अत्याचारको घटना बाहिरिएको छ। जतिबेला आमा रोजगारीका लागि रसुवामा थिइन्।
वैशाखमा भारतमा रोजगारी गर्न पुगेकी उनी दसैँतिहार मनाउन घर आएर रसुवा पुगेकी थिइन्। बालिगको मामाकाअनुसार श्रीमानको घरमा साथ सहयोग छैन। विदेशमा रहेका श्रीमानको सहयोग नपाएपछि बालिगकी आमा तीन जना छोराछोरी र सासुससुराको जीवन चलाउन रोजगार गर्न हिँड्नुपर्छ।
रोजगार गर्न भारत गएको समयमा छोरीमाथि भदौमा सामूहिक बलात्कार भएको हो। तीजको रमझमका समयमा आफूमाथि ५ पटक सामूहिक बलात्कार भएको बालिगले प्रहरीसमक्ष बयान दिएकी छिन्।
यस घटनामा ११ जना संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। बलात्कारमा संलग्न रहेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ। अझै ३ जना पक्राउ पर्न सकेका छैनन्।
पक्राउ परेकामध्ये २ जना १८ वर्षमाथिका छन् भने ६ जना नाबालग रहेकाे छन्। नाबालगमध्ये केही बालिगकै कक्षा साथीहरू हुन्। एउटै कक्षामा पढ्ने उनीहरूले तीजको रमझममा गएको समयमा बालिगमाथि सामूहिक बलातत्कार गरेका हुन्।
बालिग कक्षा ७ मा पढ्दै थिइन्। तीजपछि उनले पढाइ पनि छाडेको उनका मामाले बताए। घरकी जेठी छोरी उनी मंसिरमा रोजगारीका लागि आमासँग रसुवामै पुगेकी थिइन्।
यद्यपि उनले आमालाई आफूमाथिको अत्याचारको कुरा भन्न सकेकी थिइनन्।
ईलाका प्रहरी कार्यालय मोतिपुर बर्दियाका वरिष्ठ सई श्याम रोकाले घटनाकाे अनुसन्धान भइरहेको र फरार ३ जनाको खोजी कार्य भइरहेको बताए।
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया