बिएल संवाददाता
रामेछापको शैलुङमा यस वर्षको हिउँदको पहिलो हिमपात भएको छ।
शैलुङका साथै जिल्लाका अन्य उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ। जिल्लाको माथिल्लो हिमाली क्षेत्रमा मंगलबारबाट हिमपात सुरु भएको हो।
दोरम्बा शैलुङ गाउँपालिकाको शैलुङ खोलाखर्क क्षेत्रमा मंगलबार पहिलो पटक हिमपात भएको स्थानीय दावासाङ्बु शेर्पाले जानकारी दिए। मंगलबारबाट शैलुङमा बाक्लो हिउँ परेको छ।
हिउँ परेसँगै शैलुङका डाँडा मनोरम र सेताम्य भएका छन्। शैलुङमा हिउँ परेपछि हिउँ खेल्ने पर्यटकहरू त्यहाँ पुग्ने गर्छन्।
हिउँ परेपछि बालीनाली राम्रो उत्पादन हुने भन्दै स्थानीय किसान समेत खुसी भएका छन्। हिउँले खाएको माटो मलिलो हुने तथा जमिनमा ओस पस्ने भएकोले राम्रो उब्जनी हुने किसानहरू बताउँछन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया