बिएल संवाददाता
पार्टी सभापति रवि लामिछाने ६५ लाख रुपैयाँ धरौटी राखेर छुटेपछि राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीले नागरिकसँग माफी मागेको छ।
रास्वपाका कास्की जिल्ला अध्यक्ष यदुनाथ अधिकारीले शुक्रबार बिहानै विज्ञप्ति निकालेर आम नागरिक, सुरक्षाकर्मी, नेपाल प्रहरी र उद्यमी व्यवसायीसँग माफी मागेका हुन्।
पार्टी सभापति लामिछानेको रिहाई र न्यायका लागि विभिन्न मध्यमबाट आन्दोलनमा उत्रिएका पार्टीका सम्पूर्ण कार्यकर्ता शुभचिन्तक, समर्थक, न्यायप्रेमी जनसमुदाय र पत्रकारहरुलाई कृतज्ञता प्रकट गर्दै उक्त विज्ञप्तिमार्फत आन्दोलन, धर्ना विरोधसभाको क्रममा आम नागरिक, सुरक्षाकर्मी, नेपाल प्रहरी र उद्यमी व्यवसायीलाई पर्न गएको असुविधाप्रति पार्टीको तर्फबाट क्षमा याचना गरिएको उल्लेख छ।
उक्त विज्ञप्तिमा भनिएको छ, ‘ढिलै भएपनि सत्यको जित भएको छ। हाम्रो पार्टी सभापति एवं पूर्वगृहमन्त्री माननीय रवि लामिछानेज्यू मिति २०८१ कार्तिक २ गतेबाट विगत ८४ दिनदेखि विना कसूर सहकारी ठगी, संगठित अपराध र सम्पत्ती शुद्दीकरण अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतामा रहनुभएको थियो। सम्मानित कास्की जिल्ला अदालतले उहाँलाई ६५ लाख धरौटीमा रिहाई गर्ने आदेश दिएको छ। सम्मानित कास्की जिल्ला अदालतको आदेशप्रति हामी हार्दिक अभार, कृतज्ञतासहित उच्च सम्मान व्यक्त गर्दछौ। ढिलै भएपनि आखिर सत्यको जित, न्यायको जित भएको छ।’

अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
नेपालसँग अमेरिका बेखुशी, खुशी पार्न दुई सूचना जारी
नयाँ युगको नागरिक चेतना र सही नेतृत्व छनोट
रोल्पाबाट पटक–पटक प्रतिनिधित्व, तर विकास किन उस्तै?
मिडिया ट्रायल बन्दै 'फागुन २१': तथ्यको हैन, भाष्यको परीक्षण
म भिखारी
प्रकाश र रिमा : दलितका नाममा नयाँ ‘तरमारा’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया