बिएल संवाददाता
‘ई-प्लानेट नेशनल हाई स्कुल टी-१० क्रिकेट च्याम्पियनसिप २०८१’ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ।
पुस २८ देखि माघ १ गतेसम्म पोखरा क्रिकेट मैदानमा आयोजित प्रतियोगिताको फाइनल खेलमा कास्की मोर्डनाइज्ड एकेडेमीले मदरल्यान्ड सेकेन्डरी स्कुललाई ८ विकेटले पराजित गर्दै उपाधि हात पारेको हो।
फाइनल खेलमा मदरल्यान्डले दिएको ८७ रनको लक्ष्य कास्की मोर्डनाइज्डले ८.१ ओभरमै २ विकेट गुमाएर पूरा गर्यो। कास्कीका सोहेल कुँवरले विस्फोटक ब्याटिङ गर्दै ३४ बलमा ६७ रन बनाए। उनले २ ओभरमा १६ रन दिएर २ विकेटसमेत लिएका थिए। जिरे मगरले १० रनको योगदान दिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मदरल्यान्ड सेकेन्डरी स्कुलले १० ओभरमा ६ विकेट गुमाउँदै ८६ रन बनाएको थियो। मदरल्यान्डका लागि ग्रीश केसीले २० रन र सक्षम क्षेत्रीले १८ रन बनाए। कास्कीका बलर सोहेल कुँवरले उत्कृष्ट प्रदर्शन गर्दै २ ओभरमा १६ रन दिएर २ विकेट लिए भने शुभम गिरिले १ विकेट लिए। गण्डकी छनोट प्रतियोगिताको ‘म्यान अफ द म्याच’ को उपाधि सोहेल कुँवरले जिते।
प्रतियोगिताका अन्य उत्कृष्ट खेलाडीहरूमा गण्डकी छनोटको उत्कृष्ट बलर श्री बाराही सेकेन्डरी स्कुलका अनिश पटेल बने। यस्तै, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट खेलाडीमा कास्की मोर्डनाइज्ड एकेडेमीका सोहेल कुँवर छन्।
गण्डकी छनोटबाट विजयी कास्की मोर्डनाइज्ड एकेडेमीले अब राष्ट्रिय फाइनलमा प्रतिस्पर्धा गर्नेछ। राष्ट्रिय फाइनल माघ २३ देखि २६ गतेसम्म काठमाडौंमा आयोजना हुनेछ, जहाँ ७ प्रदेशका विजेता टिम र आयोजक टिम गरी ८ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया