बिएल संवाददाता
बालबालिकाहरूलाई खुसी बाँडिरहेको छ नेपाल म्याजिक फाउण्डेशनले।
तीन वर्षदेखि विभिन्न संघसंस्थाका बालबालिकाहरूलाई म्याजिकदेखि नृत्यलगायत सिकाइरहेको संस्थाका उपाध्यक्ष निरज श्रेष्ठ बताउँछन्।
उनका अनुसार असहाय र पिछडिएका बालबालिकाहरूको मुहारमा खुसी ल्याउनु नेपाल म्याजिक फाउण्डेशनको लक्ष्य हो।
‘हामीले समाजसेवा गर्ने उद्देश्यका साथ यो संस्थाको सुरुआत गरेका हौं। त्यसैले बालबालिकाहरूलाई खुसी देख्दा हामी धेरै खुसी हुन्छौं’, खुसी हुँदै उनले सुनाए।
दुई सय बालबालिकाहरूलाई खुसी दिइसकेको संस्थाले अहिले भने नयाँ कामको थालनी गरेको छ।
२०२५ सालदेखि नेपाल म्याजिक फाउण्डेशनले बाल गृहका बालबलिकाहरूको जन्मदिन मनाइदिन थालेको छ। जसको सुरुआत संस्थाले चोभारको ‘असहाय बाल गृह’बाट गरेको छ।
एउटा सानो कामले पनि बालबालिकाहरूलाई खुसी बनाउँदा आफूहरूलाई सन्तृष्ट लागेको बताउँदै उनले भने, ‘उहाँहरूको मुहारको खुसीले हामीमा झनै आत्मविश्वास बढेको छा।’
अगामी दिनहरूमा पनि विभिन्न कार्यक्रम गरेर बालबालिकाहरूलाई खुसी बनाउने नेपाल म्याजिक फाउण्डेशनको लक्ष्य रहेको उनले बताए।
मेरी वृद्ध आमाको हातमा बजिरहेको इशाराको घण्टी
देशैभरि गड्गडाइरहेको ‘गगन’
माओवादीको ‘तप्कनी’बाट उम्रिएका अमर
देउवाजी बसिगया अब नैनसिंहजीको पालो...
चुनावले संसद त दिने भो, तर त्यो संसदले सरकारचाँहि दिन्छ कसरी ?
राजनीतिको राजमार्गमा झुल्किन खोजेका ‘किरण’
यस्तो छ चुनावी इपिसेन्टर झापा-५ र सर्लाही-४ को पछिल्लो स्थिति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया