
बिएल संवाददाता
म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको ‘प्लेअफ’ मा पुगेको छ।
बेल्जियमको क्लबबर्गलाई बुधवार ३-१ गोल अन्तरले पराजित गर्दै सिटीले ‘प्लेअफ’ मा स्थान पक्का गरेको हो।
सिटी अन्तिम खेलअघि अंक तालिकाको २५ औं स्थानमा थियो। सिटी पहिलो हाफमा १-० ले पछि परेको थियो । दोस्रो हाफमा नतिजा उल्टाउन सफल भयो।
पहिलो हाफको अन्तिम मिनेटमा राफेल न्वाडिकीको गोलमा क्लबबर्गले खेलमा अग्रता बनाएको थियो।
दोस्रो हाफको सुरुवातमा बराबरी गोल गर्दैै सिटी खेलमा फर्केको थियो। ५३ औं मिनेटमा माटेओ कोभासिसले बाराबरी गोल गरेका थिए।
६२ औं मिनेटमा साभिन्होको क्रसलाई जोगाउने ओर्डोनेजको प्रयासमा आत्मघाती गोल भएपछि सिटीले अग्रता लिएको थियो। साभिन्होले ७७ औं मिनेटमा गोल गरेपछि सिटी विजयी भएको थियो।
८ खेलमा ३ जित सहित ११ अंक बनाएर २२ औं स्थानमा रहँदै सिटी प्ले अफमा पुगेको हो।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया